एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

सैलुङ्गको टोली घोषणा

सांकेतिक तस्बिर

काठमाडाैं। सैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ ।

सैलुङ्गले भरत घिमिरेको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो ।

सैलुङ्गले असार २३ मा त्रिभुवन आर्मी क्लब खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

सैलुङको टोली
भरत घिमिरे, मञ्जिल गुरुङ, नविन महतो, निकेश महतो, दुर्गाबहादुर मगर, चन्द्रबहादुर राणा, समिप श्रेष्ठ, विनोट नेपाली, दिनेश खत्री, चिण खड्का, ज्ञानेन्द्र गुरुङ, उज्वल बस्नेत

अफिसियलः दीपक थापा (मुख्य प्रशिक्षक), मिङ्मा लामा (सहायक प्रशिक्षक),राजु थापामगर (व्यवस्थापक)