एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

प्रतिभा न्यू डायमन्डको कप्तान

फाइल फोटो

काठमाडौं । प्रतिभा मालीले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा न्यू डायमन्ड युथ स्पोर्टस क्लबको कप्तानी गर्ने भएकी छन् ।

न्यू डायमन्डकी नियमित कप्तान ललिता नाथले खेलाडी जीवनबाट विश्राम लिने निर्णय गरेसँगै प्रतिभाले टोलीको कप्तानी सम्हाल्ने जिम्मेवारी पाएकी हुन् ।ललिता भने टोलीको सहायक प्रशिक्षकको रुपमा रहने छिन् ।

न्यू डायमन्डले असार २४ मा गण्डकीसँग प्रतियोगिताको पहिलो खेल खेल्नेछ ।

न्यू डायमन्डको टोली

प्रतिभा माली (कप्तान), सलिना श्रेष्ठ, रिमा कुँवर, प्रगति नाथ, वाल्मिका आचार्य, सुमित्रा रेग्मी, सलिना बुढा मगर, एन्जिला प्रधान, एलिसा मानन्धर, जेनिशा विश्वकर्मा, भावना तामाङ, निशा महर

अफिसियलः  कुमार राई (प्रशिक्षक), ललिता नाथ (सहायक प्रशिक्षक), किरण कार्की (व्यवस्थापक)