एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

एपिएफको टोली घोषणा

फाइल फोटो

काडमाडौं । नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ ।

एपिएफले महिला तथा पुरुष दुवैतर्फको टोली घोषणा गरेको हो । एपिएफको पुरुष टोलीको कप्तानी महेन्द्र श्रेष्ठ तथा महिला टोलीको कप्तानी विनिता बुढाथोकीले गर्नेछन् ।

एपिएफले पुरुषतर्फ असार २३ मा दावाँली मिलन क्लब र महिलातर्फ असार २४ मा त्रिभुवन आर्मी क्लबसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।


पुरुष टोलीः

महेन्द्र श्रेष्ठ (कप्तान), लोकेन्द्र गिरी, विनोद चन्द, बलिराम चौधरी, टेकराज अवस्थी, रमेश विक, सुनिल घर्तीमगर, हेमन्त मल्ल, विजय थापा, रुपेन्द्र नेपाली, सन्तोष थापा, सुवास कुँवर

अफिसियलः महेशप्रसाद चौधरी (प्रशिक्षक), पुष्प मल्ल (सहायक प्रशिक्षक), विजय केसी (व्यवस्थापक)

महिला टोली:

विनिता बुढाथोकी (कप्तान), रेश्मा भण्डारी, सरस्वती चौधरी, उषा विष्ट, नेविका चौधरी, मनिषा तामाङ, निरुता ठगुन्ना, कविता भट्ट, पुजा चौधरी, रस्मिता दुरा, गरिमा बोहोरा, जसना महतो

अफिसियलः महेशप्रसाद चौधरी (प्रशिक्षक), सुरेश चौधरी (सहायक प्रशिक्षक), विजय केसी (व्यवस्थापक)