एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

पुलिसको कप्तानी इम र कमलाले गर्ने

फाइल फोटो

काठमाडौं । नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ ।

पुलिसले महिला तथा पुरुष दुवैतर्फको टोली घोषणा गरेको हो ।  पुरुष टोलीको कप्तानी इमबहादुर राना तथा महिला टोलीको कप्तानी कमला पुनले गर्नेछन् ।

पुलिसको महिला तथा पुरुष टोलीले असार २३ मा गण्डकीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछन् ।


पुरुष टोली

इमबहादुर राना (कप्तान), द्वारिका थापा, अभिषेक थापा, सफल विक, रविन नगरकोटी, भिमबहादुर गाहा, विशाल विक, प्रज्वल मल्ल, रविन चन्द, सरोज चम्लागाई, कुल बहादुर थापा (हरि), तोरण बहादुर चन्द

अफिसियलः चन्द्रबहादुर कुँवर (प्रशिक्षक), लोकेन्द्र सिंह भाट (सहायक प्रशिक्षक), रुकेश तन्डुकार (व्यवस्थापक)

महिला टोली

कमला पुन( कप्तान) लक्ष्मी चन्द, यमुना रसाइली, मनिषा चौधरी, तिला चौधरी, पुनम चन्द, उषा भण्डारी, आशिका क्षेत्री, कोपिला राना, सरस्वती कट्टेल, कामना विष्ट, शान्तिकाला तामाङ

अफिसियलः रुपेकुमार विष्ट (प्रशिक्षक), कोपिला उप्रेती (सहायक प्रशिक्षक), भरत कार्की (व्यवस्थापक)