काभा पुरुष भलिबल नेसन्स लिग

काभा नेसन्स लिगः नेपालको लगातार चौथो पराजय

फाइल तस्बिर

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार चौथो पराजय व्यहोरेको छ ।

बिस्केकस्थित स्पोर्टस एण्ड रिक्रिएसन कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा नेपालले तुर्किमिनिस्तानसँग ३-१ सेटको पराजय ब्यहोरेको हो ।

नेपालले १६-२५,२५-२३,२४-२६ र २०-२५ ले गुमाएको हो ।

यसअघि नेपालले मंगोलिया र आयोजक किर्गिस्तानसँग समान ३-१ तथा इरानसँग ३-० सेटको पराजय ब्यहोरेको थियो ।

नेपालले शुक्रबार पाँचौं खेल किर्गिस्तानको ‘बी’ टोलीसँग खेल्नेछ ।