काभा पुरुष भलिबल नेसन्स लिग

काभा नेसन्स लिगः नेपालको लगातार तेस्रो हार

फाइल तस्बिर

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।

नेपालले खेल १६-२५,२२-२५ र २२-२५ ले गुमाएको हो ।

यसअघि नेपालले मंगोलिया र किर्गिस्तानसँग समान ३-१ सेटको पराजय ब्यहोरेको थियो ।

नेपालले चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तानको सामना गर्नेछ ।