चैत्र १६, २०८२ सोमबार | १२:२९:४५
लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित

नेपाल काजकिस्तानसँग पराजित

काठमाडौं । लगातार दुई पटकको च्याम्पियन नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा काजकिस्तानसँग पराजित भएको छ ।

नेपाल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा ३-२ को सेटमा पराजित भएको हो ।

निकै प्रतिस्पर्धात्मक पहिलो सेट २८-३० ले गुमाएको नेपालले दोस्रो सेट २५-१६ तथा तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेट काजकिस्तानले २५-१८ ले आफ्नो पक्षमा पार्दा खेल पाँचौं तथा अन्तिम सेट सम्म लम्बिएको थियो ।

पाँचौं तथा अन्तिम सेट ७-१५ ले गुमाउँदा नेपाल लगातार तेस्रो पटक फाइनल पुग्नबाट बन्चित भयो ।

नेपाल समूह ‘ए’ उपविजेता तथा काजकिस्तान समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

काजकिस्तानले उपाधिका लागि आइतबार भारतको सामना गर्नेछ । नेपालल तेस्रो स्थानका लागि आइतबार नै उज्वेकिस्तानसँग भिड्नेछ ।

पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो