काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

चौथो सेटमा नेपाल पराजित

काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा काजकिस्तानविरुद्धको चौथो सेट गुमाएको छ ।

नेपालले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा जारी दोस्रो सेमिफाइनलको चौथो सेट १८-२५ ले  गुमाएको हो ।

काजकिस्तानको जितसँगै खेल २-२ सेटकाे बराबरीमा पुगेको छ । निकै प्रतिस्पर्धात्मक पहिलो सेट २८-३० ले गुमाएको नेपालले दोस्रो सेट २५-१६ तथा तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पारेको थियो । 

नेपाल समूह ‘ए’ उपविजेता तथा काजकिस्तान समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका थिए । दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा छन् ।