काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

दोस्रो सेटमा पनि नेपाल विजयी

फाइल फोटो

काठमाडौं। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा आयोजक नेपालले बंगलादेशविरुद्धको दोस्रो पनि सेट आफ्नो पक्षमा पारेको छ ।  

नेपालले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा भइरहेको खेलको दोस्रो सेट २५-८ ले आफ्नो पक्षमा पारेको हो ।

कुनै समय ९-८ को स्थितीमा रहेको खेलमा नेपालले लगातार १६ अंक जोडेको थियो । यससँगै नेपालले २-० को अग्रता लिएको छ ।

पहिलो सेट नेपालले २५-१० ले जितेको  थियाे।

पहिलो खेलमा किर्गिस्तानलाई ३-० ले पराजित गरेको नेपाल बंगलादेशलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ ।

पहिलो खेलमा भारतसँग ३-० को सोटमा पराजय ब्यहोरेको बंगलादेश पनि नेपाललाई स्तब्ध बनाउँदै सेमिफाइनल सम्भावना जिवितै राख्न चाहन्छ ।