
फाइल फोटो
काठमाडौं। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा आयोजक नेपालले बंगलादेशविरुद्धको पहिलो सेट आफ्नो पक्षमा पारेको छ ।
नेपालले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा भइरहेको खेलको पहिलो सेट २५-१० ले जितेको हो ।
पहिलो खेलमा किर्गिस्तानलाई ३-० ले पराजित गरेको नेपाल बंगलादेशलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ ।
पहिलो खेलमा भारतसँग ३-० को सोटमा पराजय ब्यहोरेको बंगलादेश पनि नेपाललाई स्तब्ध बनाउँदै सेमिफाइनल सम्भावना जिवितै राख्न चाहन्छ ।