काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

काजकिस्तानको विजयी सुरुआत

फाइल तस्बिर

  काठमाडौं । उपाधि दावेदार काजकिसतानले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

काजकिस्तानले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सोमबारको चौथो तथा अन्तिम खेलमा माल्दिभ्स लाई ३-० को सोझो सोटमा पराजित गरेको हो ।

काजकिस्तानले खेल २५-१६,२५-१४ र २५-६ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै समूह ‘बी’ को काजकिस्तानले तीन अंक जोड्दा माल्दिभ्सले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

अब दोस्रो खेलमा मंगलबार काजाकिस्तानले श्रीलंका तथा माल्दिभ्सले उज्वेकिस्तानको सामना गर्नेछन् ।

समूह ‘बी’ अन्तर्गतकै खेलमा उज्वेकिस्तानले श्रीलंकामाथि ३-० को सोझो सेटको जित निकाल्यो ।

यसैगरी समूह ‘ए’ का खेलमा आयोजक नेपालले किर्गिस्तान तथा भारतरले बंगलादेशलाई ३-० को सोझो सेटमा हराए ।