वैशाख २६, २०८२ शुक्रबार | १५:१६:२७
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

किर्गिस्तानविरुद्धको जितले भारतसँग खेल्न सहज हुनेछः कप्तान अरुणा

फाइल तस्बिर

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबाल टोलीकी कप्तान अरुणा शाहीले किर्गिस्तानविरुद्धको जितले भारतविरुद्ध खेल्न केही सहज हुने बताएकी छन् ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा सोमबार आयोजक नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो ।  

‘धेरै पछि अन्तर्राट्रिय खेल खेलेकाले सुरुआतमा केही गाह्रो भएको थियो । सर्भिसमा गल्ती भयो । किर्गिस्तानले पनि गल्ती गरेकाले सहजै जित निकल्यो । जितले हौसला बढेको छ । सोचे अनुरुपको खेल भने हुन सकेन’, खेलपछिको पत्रकार सम्मेलनमा अरुणाले भनिन्‘, गल्तीहरुलाई सुधार गर्दै अगाामी खेलमा राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं । किर्गिस्तानविरुद्धको जितले भारतसँग खेल्न केही सहज हुनेछ ।’

नेपाल सन् २०१९ पछि पहिलो पटक अन्तार्रष्ट्रिय प्रतियोगिता खेलेको हो ।

रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा नेपालले खेल २५-११, २५-१९ र २५-११ ले आफ्नो पक्षमा पारेको हो ।  

जितसँगै समूह ‘ए’ को नेपालले तीन अंक जोड्दा किर्गिस्तानले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

यसैरी भारतले पनि बंगादेशमाथि ३- ० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुआत गरेको थियो ।

उपाधि दावेदार मानिएका नेपाल र भारतबीचको खेल बुधबार हुनेछ । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP