काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

दोस्रो सेट पनि नेपालको पक्षमा

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा आयोजक नेपाल किर्गिस्तानविरुद्ध दोस्रो सेटमा पनि विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सोमबार भइरहेको खेलको दोस्रो सेट नेपालले २५-१९ ले आफ्नो पक्षमा पारेको हो ।

यससँगै नेपालले २-० को अग्रता लिएको छ । पहिलो सेटमा नेपाल २५-११ ले विजयी भएको थियो । 

उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा रहेको नेपाल जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छ ।