काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

किर्गिस्तानविरुद्ध पहिलो सेटमा नेपाल विजयी

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा आयोजक नेपालले किर्गिस्तानविरुद्ध पहिलो सेट आफ्नो पक्षमा पारेको छ ।  

 त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सोमबार भइरहेको खेलको पहिलो सेटमा नेपाल २५-११ ले विजयी भएको हो ।

उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा रहेकाे नेपाल जितका साथ प्रतियोगिताकाे सुरुआत गर्न चाहन्छ।