काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

बंगलादेशमाथि भारतको सहज जित

काठमाडौं । उपाधि दावेदार भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

भारतले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सोमबार सम्पन्न दोस्रो खेलमा बंगलादेशलाई ३-० को सोझाे सोटमा पराजित गरेको हो ।

एक पक्षिय बनेको खेल भारतले २५-३,२५-९ र २५-६ ले आफ्नो पक्षमा पारेको हाे।

जितसँगै समूह ‘ए’ को भारतले तीन अंक जोड्दा बंगलादेशले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

अब दोस्रो खेलमा मंगलबार भारतले किर्गिस्तान तथा बंगलादेशले नेपालको सामना गर्नेछन् ।

सोमबार नै भएको उद्घाटन खेलमा समूह ‘बी’ को उज्वेकिस्तानले श्रीलंकामाथि ३-० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुआत गरेको थियो ।

यसैगरी साेमबारै दिउँसो ४ः३० बजे आयोजक नेपाल र किर्गिस्तान तथा साँझ ७ बजे काजकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।