काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

उज्वेकिस्तानको विजयी सुरुआत

काठमाडौं । साबिक उपविजेता उज्वेकिस्तानले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

उज्वेकिस्तानले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सोमबार सम्पन्न खेलमा श्रीलंकालाई ३-० को सोझाे सोटमा पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २७-२५ ले आफ्नो पक्षमा पारेको उज्वेकिस्तानले त्यसपछिका दुई सेटमा २५-२० र २५-१४ को जित निकाल्यो ।

जितसँगै समूह ‘बी’ को उज्वेकिस्तानले तीन अंक जोड्दा श्रीलंककाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

अब दोस्रो खेलमा मंगलबार उज्वेकिस्तानले माल्दिभ्स र श्रीलंकाले काजकिस्तानको सामना गर्नेछन् ।

सोमबार नै दिउँसो १२ बजे भारत र बंगालदेश, ४ः३० बजे आयोजक नेपाल र किर्गिस्तान तथा साँझ ७ बजे काजकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।