काभा महिला भलिबल च्याम्पियनसिप २०२३

सुखद सुरुआतको लक्ष्यमा नेपाल

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिप २०२३ को उद्घाटन खेलमा कीर्गिस्तानको सामना गर्दा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ ।  

नेपालले यसअघि सन् २०१९ र २०२१ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो । नेपाल घरेलु मैदानमा पनि उपाधिको सफलता चुम्न चाहन्छ । यी दुई टोलीबीचको खेल दिउँस ४ः३० बजे हुनेछ । 

समूह ए मा नेपालसहित भारत, बंगलादेश र कीर्गिस्तान रहेका छन । समूह बी मा भने माल्दिभ्स, उज्वेकिस्तान, श्रीलंका र काजकिस्तान रहेका छन । लिग चरणको समाप्तीपपछि दुवै समूहको शीर्ष स्थानमा दुई स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउने छ । 

प्रतियोगिता जेठ १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद पेरिषद् (राखेप) को कभर्डहलमा हुनेछ । 

आज हुने अन्य खेलमा उज्वेकिस्तान र श्रीलंका,भारत र बंगलादेश तथा माल्दिभ्स तथा काजकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।