वैशाख २६, २०८२ शुक्रबार | १५:४४:४३
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

बिच भलिबलः गण्डकी क्वार्टरफाइनलमा

तानसेन । दोहोरो जित निकाल्दै गण्डकी प्रदेश राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाल्पाको रानीमहलमा बिहीबार सुरु भएको प्रतियोगितामा गण्डकीले सहआयोजक पाल्पा जिल्ला भलिबल संघ तथा बागमतीलाई २-० को सोझो सेटमा पराजित गरेको हो ।

समूह ‘बी’को गण्डकीले समूह चरणको पहिलो खेलमा पाल्पामाथि २१-११ र २१-१५ तथा बागमतीमाथि २१-१६ र २१-१५ को सोझो सेटमा जित निकाल्यो ।

यसैगरी विभागीय टोली त्रिभुवन आर्मी क्लबले आर्मीले लुम्बिनीलाई २१-१५ र २१-११ को सेटमा पराजित गर्यो भने सुदूरपश्चिम प्रदेश समयमै कोर्टमा नपुगेपछि लुम्बिनी विजेता घोषित भयो ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले रानीमहललाई बिच भलिबलको हब बनाउने लिखित प्रतिबद्धता समेत जनाएका थिए ।

६ प्रदेश, तीन विभागीय क्लब र सहआयोजक गरी १० टोली सहभागी प्रतियोगिता आगामी शनिबारसम्म संञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले एकलाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेताले एक लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुनेले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना (चौथो) स्थान हासिल गर्नेले  २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक सञ्जय मेमोरियल फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताएकी छन् ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP