काभा पुरुष भलिबल नेसन्स लिग

भलिबलको बन्द प्रशिक्षणमा १८ खेलाडी

फाइल तस्बिर

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगका लागि नेपाली टोलीको बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट भएका छन् ।

नेपाल भलिबल संघले शुक्रबार खुल्ला छनोटबाट प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरिएको जनाएको हो । नेपाली टोलीले बैशाख २५ बाट प्रशिक्षण सुरु गर्नेछ ।

काभा नेसन्स लिगमा नेपालसहित आयोजक किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमेनिस्तानको सहभागिता रहनेछ ।

राउण्ड रोबिन पद्धितीमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौंथो हुने टोली तेस्रो स्थानका लागि भिड्ने छन् ।

प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।

बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडी

हरिहजुर थापा,  लोकेन्द्र गिरी, सम्राट भण्डारी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, धिरोज बस्नेत, राजेन्द्र विष्ट, विशाल बिक, रविन चन्द, रवी केसी, हेमन्त मल्ल, दुर्गा खड्का, हरिबहादुर अधिकारी, सफल बिक, मनिष मानन्धर, धनबहादुर भट्ट क्षेत्री, भीम गाहा, विनोद चन्द