ललितपुर । जावलाखेलमा जारी ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको विभागीय टोली फाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले एपिएफ क्लबलाई ३-१ को सेटमा हरायो ।
आर्मीले खेल २५-२७,२५-१९,२५-१५ र २५-१९ ले आफ्नो पक्षमा पारेको हो ।
दोस्रो सेमिफाइनलमा पुलिसले ललितपुर महानगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
पुलिसले २५-१५,२५-११ र २५-१५ ले खेल आफ्नो पक्षमा पारेको थियो ।
फाइनल शनिबार हुनेछ । एपिएफ र ललितपुर तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फको फाइनलमा नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।
त्रिभुवन आर्मी क्लबले शुक्रबार न्युडायन्ड स्पोर्टस क्लबलाई २५-२०,२५-२२ र २५-२२ ले हराएर महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।
ललितपुर महानगरको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापनमा जारी प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।