पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय भलिबल

गण्डकीलाई हराउँदै पुलिस फाइनलमा

फाइल तस्बिर

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

पुलिसले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

पुलिसले खेल २५-२२, २५-२० र २५-२१ ले आफ्नो पक्षमा पारेको हो ।

पुलिसले शनिबार हुने फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ । एपिएफ विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा हराउँदै फाइनल पुगेको थियो ।