माघ १८, २०८२ आइतबार | १०:०७:१४
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

आयोजक न्यु डायमन्ड सेमिफाइनलमा

काठमाडौं । आयोजक न्यु डायमन्ड युथ स्पोर्टस क्लब समूह विजेता बन्दै बागमती प्रदेश न्यु डायमन्ड कप यु-१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

न्यु डायमन्डले पुरानो नैकापस्थित निर्माणधीन घरेलु कोर्टमा बुधबार भएको खेलमा मोरङको ब्राइट फ्युचर माविलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

खेल २५-९,२५-११ र २५-९ ले आफ्नो पक्षमा पार्दै न्यु डायमन्ड समूह ‘ख’ को विजेता बनेको हो ।

यस जितसँगै डले दुई खेलबाट ६ अंक बटुल्यो । ब्राइट फ्युचर र परोपकार आदर्श माविले अंकको खाता खोल्न सकेको छैन । अब बिहीबार हुने यी दुईबीचको विजेता समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

बुधबार नै सम्पन्न समूह ‘क’ को खेलमा एभरेस्ट मावि बुटवलले धादिङ स्पोर्टस क्लब धादिङलाई २५-२२, २५-१४ र २५-११ को सोझो सेटमा पराजित गरेको छ । यस जितसँगै एभरेस्टले तीन अंक जोड्यो । पराजित धादिङको पनि दुई खेलबाट तीन अंक छ ।

अर्को खेलमा नमोबुद्ध नगरपालिका काभ्रेले दुप्चेश्वर गाँउपालिका नुवाकोटलाई २५-१८, २५-२१ र २५-९ को सोझो सेटमा पराजित गरेको छ । यस जितसँगै नमोबुद्धले तीन अंक जोड्दा दुवै खेलमा पारजय ब्यहोरेको दुप्चेश्वरले अंकको खाता खोल्न सकेको छैन ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने छ । उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख र चौथोले ५० हजार रुपैया प्राप्त गर्नेछन् ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी र उदयीमान खेलाडीले १५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।