चैत्र १७, २०८२ मंगलबार | २०:२३:२८
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

आयोजक न्यु डायमन्ड सेमिफाइनलमा

काठमाडौं । आयोजक न्यु डायमन्ड युथ स्पोर्टस क्लब समूह विजेता बन्दै बागमती प्रदेश न्यु डायमन्ड कप यु-१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

न्यु डायमन्डले पुरानो नैकापस्थित निर्माणधीन घरेलु कोर्टमा बुधबार भएको खेलमा मोरङको ब्राइट फ्युचर माविलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

खेल २५-९,२५-११ र २५-९ ले आफ्नो पक्षमा पार्दै न्यु डायमन्ड समूह ‘ख’ को विजेता बनेको हो ।

यस जितसँगै डले दुई खेलबाट ६ अंक बटुल्यो । ब्राइट फ्युचर र परोपकार आदर्श माविले अंकको खाता खोल्न सकेको छैन । अब बिहीबार हुने यी दुईबीचको विजेता समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

बुधबार नै सम्पन्न समूह ‘क’ को खेलमा एभरेस्ट मावि बुटवलले धादिङ स्पोर्टस क्लब धादिङलाई २५-२२, २५-१४ र २५-११ को सोझो सेटमा पराजित गरेको छ । यस जितसँगै एभरेस्टले तीन अंक जोड्यो । पराजित धादिङको पनि दुई खेलबाट तीन अंक छ ।

अर्को खेलमा नमोबुद्ध नगरपालिका काभ्रेले दुप्चेश्वर गाँउपालिका नुवाकोटलाई २५-१८, २५-२१ र २५-९ को सोझो सेटमा पराजित गरेको छ । यस जितसँगै नमोबुद्धले तीन अंक जोड्दा दुवै खेलमा पारजय ब्यहोरेको दुप्चेश्वरले अंकको खाता खोल्न सकेको छैन ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने छ । उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख र चौथोले ५० हजार रुपैया प्राप्त गर्नेछन् ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी र उदयीमान खेलाडीले १५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो