चैत्र १८, २०८२ बुधबार | १६:०७:३७
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

नेपालमा पहिलो पटक ह्विलचियर टेनिस प्रतियोगिता आयोजना

ह्विलचियर टेनिसका पदक विजेतालगायत ।

काठमाडौं । नेपालमा पहिलो पटक ह्विलचियर टेनिस प्रतियागिता आयोजना भएको छ ।

नेपाल ह्विलचियर टेनिस संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ रामबहादुर तामाङ, सागर पाण्डे, खुम पाण्डे तथा महिलातर्फ अनुकला राई, गंगा छन्त्याल र झरना राना शीर्ष तीनमा रहे ।

उनीहरूले क्रमशः १५, १० र ५ हजार रुपैयाँसहित ट्रफी हात पारे ।

विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य रामचन्द्र श्रेष्ठलगायतले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा आर्थिक सहयोग गर्ने मध्यपुर थिमी नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

नेपाल टेनिस संघका सचिव मालिका राणाले टेनिस कोर्ट, शौचालयलगायतका पूर्वाधार अपांग मैत्री बनाउने बताए ।

यसैगरी ह्विलचियर टेनिस संघका अध्यक्ष विकास थापाले राष्ट्रिय पारा गेम सुर्खेत  हुने जानकारी गराए ।

मन्त्री महर्जनले पारा खेलकुदले नेपालको सान बढाएकोले राज्यले अब पारा खेलकुदलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताए  । 

मन्त्री महर्जनले पाराओलम्पियन पलेशा गोवर्धन, भरतसिंह महता, भिम कुमाल र पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान पत्र प्रदान गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो