चैत्र १४, २०८२ शनिबार | ००:२०:३५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पलेशा काठमाडौं महानगरबाट सम्मानित

पलेशालाई सम्मान पत्र हस्ताक्षर गर्दै महानगर प्रमुख बालेन्द्र साह ।

काठमाडौं । पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई काठमाडौं  महानगरपालिकाले ५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

यसैगरी महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि ३ लाख रुपैयाँ प्रदान गरेको छ ।

पेरिस पारा ओलम्पिकको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनीमा पलेशाले कांस्य पदक जितेकी थिइन् ।

यो नेपाली खेलाडीले ओलम्पिकमा जितेको अहिले सम्मकै ठूलो पदक हो ।

पलेशासहितको तेक्वान्दो टोली बुधबार विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । पलेशासहितको टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगर परिक्रमासहित स्वागत गरेको छ ।

प्रशिक्षक कविराज नेगी लामालाई सम्मान पत्र हस्ताक्षर गर्दै महानगर प्रमुख बालेन्द्र साह ।

विमानस्थलबाट सुरु भएको र्याली गौशला, नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर त्रिपुरेश्वर पुगेर सकिएको थियो ।

गत शुक्रबार पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५-८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएकी थिइन् ।

रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २-१ ले हराएकी थिइन् ।

रिपेचेजअघि पहिलो चरणमा भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१-० ले पराजित गर्दै क्वार्टरफाइनल पुगेकी पलेशा शीर्ष वरीयताकी ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेजसँग ८-१० ले पछि परेकी थिइन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो