कार्तिक ७, २०८२ शुक्रबार | ११:४३:१७
मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो महिला एकदिवसीय विश्वकप: भारतले न्युजिल्यन्डलाई हरायो इरानको सामना गर्दै नेपाल काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो महिला एकदिवसीय विश्वकप: भारतले न्युजिल्यन्डलाई हरायो इरानको सामना गर्दै नेपाल काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित

पलेशा ओलम्पिकमा छनोट

काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस पारा ओलम्पिकका लागि छनोट भएकी छन् ।  

चीनमा भइरहेको एसियन छनोटमा पलेशाले के ४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा स्वर्ण जित्दै पारा ओलम्पिकमा स्थान पक्का गरिन् ।

पलेशाले आइतबार सम्पन्न फाइनलमा इरानी खेलाडी लेल्ला मिर्जाइलाई ५-४ ले पराजित गरिन् । त्यसअघि पलेशाले सेमिफाइनलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।

यससँगै पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बनिन् ।

यसअघि सन् २०२० मा भएको टोकियो पारा ओलम्पिकमा पलेशाले पहिलो खेलमै हारे पनि त्यसपछि ‘रिपेचेज’ मा दुई खेल जितेकी थिइन् । कांस्य पदकको लागि निर्णायक फाइटमा भने उनी चिनियाँ खेलाडीविरुद्ध चुकेकी थिइन् । ओलम्पिकमा दुई खेल जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

यसैगरी पलेशाले सन् २०२२ चीनमा सम्पन्न पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन् । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain