माघ १८, २०८२ आइतबार | २३:४४:२४
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

यु-१६ मा श्रोवन र प्राचीलाई स्वर्ण

काठमाडौं । टिस्टा तोर्सा टेबलटेनिस क्लबका श्रोवन पाउल र दार्जिलिङ टेबलटेनिस संघकी प्राची घोषले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा बुधबार स्वर्ण पदक जितेका छन् । यु-१६ सिंगल्सको ब्वाइजमा श्रोवन र गर्ल्समा प्राची पहिलो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा श्रोवनले २-० ले पछि परेको स्थितिलाई उल्ट्याउदै  एभिएम टेबलटेनिस क्लबका प्रजिल भट्टराईलाई ३-२ ले पराजित गरे । 

प्रतिस्पर्धात्मक फाइनल श्रोवनले ६-११, १२-१४, ११-८, ११-८, ११-८ ले जिते । ट्यालेन्ट स्काउट टेबलटेनिस हबका श्रीराज वर्दान र यलका अर्नव श्रेष्ठ तेश्रो भए ।

गर्ल्सको उपाधि भिडन्तमा प्राचीले ग्लोबल टेबलटेनिस एकेडेमीकी सचारी चक्रबर्तीलाई ११-१, ११-९, ११-४ ले पराजित गरिन् । नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ र टिस्टा टोर्साकी श्रुति दास तेश्रो स्थानमा रहे ।  

यु-१६ को दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा चार स्वर्णको टुंगो लागेको छ । यसअघि टिम इभेन्टको पुरुषमा ललितपुर टेबलटेनिस क्लब र महिलामा ग्लोबलले स्वर्ण जितेका थिए । प्रतियोगितामा ९ स्पर्धा समावेश छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।