काठमाडौं । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ ।
प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा फागुन १२ गतेदेखि १७ सम्म हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि छ ।
यसैगरी हस्पिटालिटी पार्टनमा नेपाली घर, ठमेल छ । खेलाडीका लागि आवश्यक पोसाक भ्याली स्पोर्टस हाउस, भक्तपुर तथा आवश्यक खेल सामाग्री हीरा ट्रेड कन्सर्नले उपलब्ध गराउनेछ ।
प्रतियोगितामा नेपालसिहत भारतबाट ८५ पुरुष, ४८ महिला गरि ४०२ खेलाडी सहभागी हुने आयोजकले जानकारी दियो ।
प्रतियोगितामा महिला पुरुष एकल, महिला पुरुष टिम इभेन्ट, पुरुष भेट्रान्स एकल (४० वर्षमाथि),महिला भेट्रान्स एकल (४० वर्षमाथि), पुरुष भेट्रान्स एकल (५५ वर्षमाथि) यु-१६ ब्वाइज/ गर्ल्स सिंगल्स गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितानमा महिला÷पुरुष एकलका साथै महिला/ पुरुष टिम इभेन्टसतर्फका शीर्ष तीन खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै भेट्रान्सतर्फका शीर्ष तीनले १० हजार, ५ हजा र ३ हजार तथा यु-१६ ब्वाइज/ गर्ल्समा विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्नेले २०, १० र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।