काठमाडौं । देशभरीका एक सय सात विद्यालयका ३५ सयभन्दा बढी खेलाडीको सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ धापाखेलस्थित जेम्स स्कुलमा सुरु भएको छ ।
थन्डर बोल्ट्स कप २०२५ मा समूहगततर्फ फुटबल, भलिबल, बास्केटबल, फुटसल र क्रिकेट तथा व्यक्तिगततर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबल टेनिस, टेनिस, ई-स्पोर्ट्सका खेलहरु समावेश गरिएका छन् ।
‘सपना देख, विश्वास गर, प्राप्ति गर’ भन्ने मूल नारा बोक्दै जेम्स स्कुलको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा प्रतियोगिताको बिहीबार ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गरेका थिए ।
प्रतियोगिताको समुद्घाटन समारोहमा जेम्स स्कुलका संस्थापक अध्यक्ष राजेश खड्का, थन्डर बोल्ट्स डेभलप्मेन्ट सेन्टरका निर्देशकका बरुण खड्का, नेपाल ओलम्पिक कमिटी(एनओसी)का पूर्व अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, ललितपुर महानगरपालिका शिक्षा विभागका निर्देशक देवी पौडेल, नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.अमित कुमारको उपस्थिति थियो ।
प्रतियोगितामा विभिन्न खेलका पदक विजेता खेलाडीको आधारमा विजेता टोलीको घोषणा गरिनेछ । प्रथम स्थान प्राप्त गर्ने विद्यालयले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताले नेपालका विद्यालयहरुबीच बलियो खेल संस्कृति र सौहार्दताको विकास गर्ने उद्धेश्य लिएको छ । प्रतियोगिता पुस ९ गतेसम्म चल्नेछ ।
