चैत्र १८, २०८२ बुधबार | १२:५८:०४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

लालीगुराँस र ग्रिनल्यान्ड च्याम्पियन

प्रतियोगिताका शीर्ष तीन टोली ।

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी र ग्रिनल्यान्ड प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

लालीगुराँसले जुनियर ब्वाइज तथा ग्रिनल्यान्डले सिनियर गर्ल्सको उपाधि जिते ।

आयोजक जेबी स्कुलको कोर्टमा भएको लालीगुराँसले भ्याली पब्लिकलाई २७-२३ तथा ग्रिनल्यान्डले फेरिल्यान्डलाई ३५-३० ले पराजित गरे ।  

लालीगुराँसका साहिद पुनले १७ तथा ग्रिनल्यान्डकी विहानी राईले १२ स्कोर गरे ।

जुनियर ब्वाइजमा गोल्डेनपिक तथा सिनियर गर्ल्समा इडेन ब्रिज एकेडेमी (इबिए) तेश्रो स्थानमा रहे ।

जुनियर ब्वाइजमा लालीगुराँसका सर्गम गुरुङ तथा सिनियर गर्ल्समा ग्रिनल्यान्डकी आहाना खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

जुनियर ब्वाइजमा लालीगुराँसका रोहित गुरुङ तथा सिनियर गर्ल्समा ग्रिनल्यान्डकी विहानी राई उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक विक (५० अंक) तथा सिनियर गर्ल्समा फेरिल्यान्डकी करुणा बोगटी (६७ अंक) सर्वाधिक स्कोरकर्ता बने ।

जुनियर ब्वाइजमा बेल्मोन्ट इन्टरनेसनल एकेडेमी तथा सिनियर गर्ल्समा नवदीक्षित पाठशाला उदीयमान टिम ठहरिए । जुनियर ब्वाइजमा पारामाउन्ट तथा सिनियर गर्ल्समा न्युटनले अनुशासित टिमको ट्रफी हात पारे ।

विजेतालाई पूर्व मन्त्री रेशम लामा, आयोजक जेबी सञ्चालक समितिका अध्यक्ष कृष्ण वस्ती, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, जेबीका प्रिन्सिपल नारायण रोकालगायतले पुरस्कृत गरे ।

प्रतियोगिताको जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२ टिमले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो