माघ १८, २०८२ आइतबार | ११:५७:५७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

न्यु होराइजन च्याम्पियन

च्याम्पियन न्यु होराइजन ।

भैरहवा । बुटवलको न्यु होराइजन मावि स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताकाे ११औं संस्करणमा च्याम्पियन बनेको छ ।

मंगलबार सिद्धार्थ रंगशाला भैरहवामा सम्पन्न फाइनलमा न्यु होराइजनले देवदह बुद्ध माविलाई पाँच विकेटले गर्यो ।

उपाधिसंगै न्यु होराइजनले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । उपविजेता देवदह बुद्धले २५ हजार रुपैयाँसहित ट्रफी पाएको छ ।

देवदहले प्रस्तुत गरेको ७१ रनको लक्ष्य न्यु होराइजनले १९.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । न्यु होराइजनका लागि समीरजंग सिंह ठुरीले अविजित २० र अनिश भट्टराईले १९ रन बनाए ।

देवदहका लागि कृष केसीले दुई तथा रोहन कुँवर र आयुष विकले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७० रनको योगफल तयार पारेको थियो । देवदहका लागि दिक्सन थापाले १६, आयुश पाण्डेले १५ र अध्ययन न्यौपानेले ११ रन बनाए ।

न्यु होराइजनका निरज घिमिरे र राहुल नाउले समान तीन तथा अनिश भट्टराई, सुप्रिम कँडेल र प्रिन्स पालले समान एक विकेट लिए ।

न्यु होराइजनका प्रिन्स पाल प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

न्यु होराइजनकै राहुल नाउ उत्कृष्ट ब्याटर र सुप्रिम कँडेल बलर चुनिए । उनीहरुले जनही ५ हजार रुपैयाँ पाए । यसैगरी कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुल अनुशासित टिम घोषित भयो ।

प्रतियोगिता रुपन्देही क्रिकेट संघको आयोजना तथा पर्वत ज्वेलर्सको मुख्य प्रायोजनामा भएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।