चैत्र १३, २०८२ शुक्रबार | ०५:१३:०७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

न्यु होराइजन च्याम्पियन

च्याम्पियन न्यु होराइजन ।

भैरहवा । बुटवलको न्यु होराइजन मावि स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताकाे ११औं संस्करणमा च्याम्पियन बनेको छ ।

मंगलबार सिद्धार्थ रंगशाला भैरहवामा सम्पन्न फाइनलमा न्यु होराइजनले देवदह बुद्ध माविलाई पाँच विकेटले गर्यो ।

उपाधिसंगै न्यु होराइजनले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । उपविजेता देवदह बुद्धले २५ हजार रुपैयाँसहित ट्रफी पाएको छ ।

देवदहले प्रस्तुत गरेको ७१ रनको लक्ष्य न्यु होराइजनले १९.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । न्यु होराइजनका लागि समीरजंग सिंह ठुरीले अविजित २० र अनिश भट्टराईले १९ रन बनाए ।

देवदहका लागि कृष केसीले दुई तथा रोहन कुँवर र आयुष विकले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७० रनको योगफल तयार पारेको थियो । देवदहका लागि दिक्सन थापाले १६, आयुश पाण्डेले १५ र अध्ययन न्यौपानेले ११ रन बनाए ।

न्यु होराइजनका निरज घिमिरे र राहुल नाउले समान तीन तथा अनिश भट्टराई, सुप्रिम कँडेल र प्रिन्स पालले समान एक विकेट लिए ।

न्यु होराइजनका प्रिन्स पाल प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

न्यु होराइजनकै राहुल नाउ उत्कृष्ट ब्याटर र सुप्रिम कँडेल बलर चुनिए । उनीहरुले जनही ५ हजार रुपैयाँ पाए । यसैगरी कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुल अनुशासित टिम घोषित भयो ।

प्रतियोगिता रुपन्देही क्रिकेट संघको आयोजना तथा पर्वत ज्वेलर्सको मुख्य प्रायोजनामा भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो