काठमाडौं । ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ३०औं संस्करणमा ब्वाइजतर्फ एलआरआइ र गर्ल्सतर्फ रेडियन्ड च्याम्पियन बनेका छन् ।
ज्ञानोदय बालवाटिकाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा बहीबार एलआरआइले पुष्पसदनलाई ६९-५३ ले पराजित गर्यो । एलआरआइको जितमा मन्दिप गुरागाईंले सर्वाधिक ३५ अंकको योगदान गरे ।
यसैगरी गर्ल्सकाे उपाधि भिडन्तमा रेडियन्टले रिब्सलाई ३८-२८ ले हरायो । रेडियन्टका लागि दिब्यान्शा कार्कीले सर्वाधिक २५ अंक जोडिन् ।
मन्दिप ब्वाइज तथा दिब्यान्शा गर्ल्समा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । प्रतियोगितामा ब्वाइजतर्फ १७ तथा गर्ल्सतर्फ १५ टिमले प्रतिस्पर्धा गरेका थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
