चैत्र १३, २०८२ शुक्रबार | ०२:४८:४२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

गणेशले राखे राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपाल प्रहरीका गणेश रानाभाटले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै कीर्तिमान कायम गरेका हुन् ।

उनले सेनाका तुलाराम महतोले आजै कायम गरेको १०० केजीको कीर्तिमानलाई तोड्दै गर्दै आफ्नो नाम लेखाएका हुन् । महतोले काठमाडौंमा आयोजना भएको तेस्रो सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा राखेको ९८ केजी तौलको किर्तिमानमा सुधार गर्दै १०० केजीको नयाँ कीर्तिमान कायम गरेका थिए । लगतै महतोको कीर्तिमानलाई रानाभाटले १०१ केजीमा बढाएका हुन् ।

ठिमीस्थित पार्टि प्यालेसमा भएको प्रतियोगिताको समग्रमा भने उनी तेस्रो स्थानमा सीमित रहे । पहिलो स्थान सेनाका तुलारामले नै हासिल गरे । प्रतियोगिताको सोही उमेर समूहअन्तर्गत युथतर्फ पर्साका राजन टेलले स्वर्ण जिते ।

यस्तै, जुनियरतर्फ बाँकेका विनित योगी थारुले स्वर्ण जिते । महिलाको युथ ४५ केजीतर्फ बर्दियाकी अरुणिमा थारुले स्वर्ण र सप्तरीकी अम्बिका यादबले रजत जिते ।

४९ केजी युथमा सप्तरीकी अञ्जली यादवले स्नाचमा ३५ केजी र क्लिनमा ४१ केजी गरि कुल ७६ केजीका साथ स्वर्ण जितिन् ।

जुनियरतर्फ ४५ केजीमा एक मात्र खेलाडी सप्तरीकी ज्योती मण्डलले स्नाचमा ३५ केजी, क्लिनमा ४० केजी गरि कुलमा ७५ केजी भार बहन गर्दै स्वर्ण हासिल गरिन् । महिला ४५ केजी सिनियरतर्फ नेपाली सेनाकी मनिषा रानाभाटले स्वर्ण जितिन् । महिला ४९ केजीतर्फ प्रहरीका संगिता राइले स्वर्ण र तिला राइले रजत पक्का गरिन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो