चैत्र १२, २०८२ बिहीबार | ०६:४९:०५
दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित

सुनीरा र आयुष्मानलाई उपाधि

काठमाडौं । सुनीरा थापा र आयुष्मान हजुर घलेले मंगलबार दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत यू–१४ तर्फको उपाधि जितेका छन्

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार गर्ल्सतर्फ सुनीरा र ब्वाइजमा आयुष्मान च्याम्पियन भए । सुनीराले फाइनलमा शिभाली गुरुङलाई ६–४, ६–२ को सेटमा हराइन ।
पुरुषतर्फ आयुष्मानले बोरिस अधिकारीलाई ६–१, ६–१ को सेटमा निराश पारे ।

आर्यश राज पौडेलले सभ्य जंग कार्कीलाई १०–५, १०–३ को सेटमा पराजित गर्दै यू–८ ब्वाइजतर्फको उपाधि जिते । 

यू–९ गर्ल्सको उपाधि अनुश्री धोजुले जितिन् । फाइनलमा अनुश्रीले जेनिशा ज्ञवालीलाई ४–३,३–५, ५–४ को सेटमा पराजित गरिन् ।

ब्वाइज यू–१२ को उपाधि बृजेश अर्यालले जिते । उनले फाइनलमा असभ सम्राट हाडालाई ६–१, ६–१ को सेटमा पराजित गरे ।

पुरुष ४५ वर्षमाथि डबल्सको उपाधि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले जिते  । श्रेष्ठ र शाहीको जोडीले सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीलाई ७–५,६–४ को सेटमा निराश पारे ।

५५ वर्षमाथि पुरुष डबल्सको उपाधि कृष्ण घले र सुवर्ण धखवाको जोडीले हात पारे । घले र धखंवाको जोडीले निरन्जन श्रेष्ठ र राम रानाको जोडीलाई ६–१ ,६–३ ले हराए ।

प्रतियोगिता अन्तर्गत नै पुरुष एकलमा बिष्णु नेपाली, सौगात बिक, सौरभ नाथ पन्थ, राज विर प्रधान, प्रितम परियार, आशिष खड्का, गोविन्द नेपाली, सुशल मोक्तान र आयुष्मान हजुर घलेले प्रि–क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

३५ वर्षमाथि पुरुष एकलमा सन्तोष खत्री, भिष्म जंग गुरुङ, जितेन्द्र परियार, कमल भण्डारी, सिमान्त गुरुङ, सुरज लोहनी, प्रवेश पन्त र कृष्ण थापाले क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् ।

४५ वर्षमाथि पुरुष एकलमा महेश श्रेष्ठ, शिव प्रसाद सेढाई, उत्तम बोगटी, मनोज बिक्रम शाह, अमित रोक्का र रोहित सुनुवारले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको  छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो