चैत्र १०, २०८२ मंगलबार | १४:३२:१६
एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी

गणेशमान टेनिसः प्रदीप र प्रणवको जोडी फाइनलमा

काठमाडौं । प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष युलको फाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजवीर प्रधान र सक्षम शाहको जोडीलाई ६-४, ६-३ को सेटमा हराए । प्रदीप र प्रणवको जोडीले उपाधिका लागि ऋतिक राना र निशान श्रेष्ठको जोडीसँग खेल्ने छन् ।

ऋतिक र निशानको जोडीले सेमिफाइनलमा केशव गौचन र सौरभ पन्तको जोडीलाई ६-१, ६-१ को नतिजामा निराश पारेका थिए ।

३५ वर्षमाथिको पुरुष युगलमा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले राजु क्षेत्री र इश्वर जिसीको जोडीलाई ६-२, ६-२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । फाइनलमा कमल र यज्ञको जोडीले सन्तोष खत्री र सिमान्त गुरुङको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् । निरेश श्रेष्ठ र विजयमान तुलाधरको जोडी रिटायर्ड हर्ट भएपछि खत्री र गुरुङको जोडीले सहजै फाइनलयात्रा गरेको थियो ।

आठ वर्षमुनिको छात्रामासारा पन्त र थिया श्रेष्ठले फाइनलमा भिडन्त पक्का गरेकी छिन् । साराले सेमिफाइनलमा निम्ति कुवर र थियाले प्रकृति ज्ञवालीलाई हराए ।

त्यस्तै १० वर्षमुनिको छात्रमा सुजन कुइकेल र युभेनमन श्रेष्ठले फाइनलमा स्थान पक्का गर्दा छात्रामा मेरिषा थापा र साल्भी शेरचनले फाइनलमा स्थान सुरक्षित गरे ।

यसैगरी १२ वर्षमुनिको छात्रामा स्वस्तिका बिष्ट र सिभाली गुरुङ फाइनल प्रवेश गर्दा आठ वर्षमुनिको छात्रतर्फ आर्यशराज पौडेल, अरित मल्ल, भिदान्त चालिसे र सभ्यजंग कार्कीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । छात्रको ९ वर्षमुनितर्फ अरित मल्ल, सुजन कुइकेल, अर्याशराज पौडेल र विश्वविशेष डल्लाकोटीले अन्तिम चारमा स्थान सुरक्षित गरे ।

छात्रातर्फ ९ वर्षमुनिको प्रतिस्पर्धामा सर्भाना गुरुङ, जेनिसा ज्ञवाली, सारा पन्त र अनुश्री धोजु, १४ वर्ष मुनि सुनीरा थापा, नाला मास्के, सिभाली गुरुङ र स्वस्तिका बिष्ट तथा छात्रको १२ वर्षमुनि उमेर समूहमा असभसम्राट हाडा, स्पन्दन उदास, अद्रित नेपाल र बृजेश अर्याल तथा १४ वर्षमुनि उमेर समूहमा निशद जोशी, आयुष्मान घले, दर्शिल श्रेष्ठ र बोरिस अधिकारीले अन्तिम चारको यात्रा तय गरेका छन् ।

४५ वर्ष माथिको पुरुष युगलमा कृष्ण घले र महेश श्रेष्ठको जोडी, शिव सेढाई र हिमाल शाहको जोडी, सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी तथा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

५५ वर्षमाथि पुरुष युगलमा जीवन घिमिरे र सुदर्शन विष्टको जोडी, हिमाल शाह र जोली तार्गेनको जोडी तथा निरन्जन कुमार श्रेष्ठ र राम रानाको जोडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा महिला/पुरुष एकल विजेताले ८० हजार, उपविजेताले ४० र तेस्रो हुनेले २० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

महिला/पुरुष युगलको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार, पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार, २० हजार र १० हजार, पुरुष ३५ वर्षमाथि युगलका शीर्ष तीनले २५ हजार,१ ५ हजार र ५ हजार, पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार, ४५ वर्षमाथि युगलका विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार तथा ५५ वर्षमाथिका एकल विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउने छन् ।

यसैगरी ५५ वर्षमाथि युगलको विजेताले १५ हजार, उपविजेताले ८ हजार र ५ हजार तथा ६५ वर्षमाथिका शीर्ष विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउने बताइएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो