माघ १९, २०८२ सोमबार | ०१:५८:३८
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

गणेशमान टेनिसः प्रदीप र प्रणवको जोडी फाइनलमा

काठमाडौं । प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष युलको फाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजवीर प्रधान र सक्षम शाहको जोडीलाई ६-४, ६-३ को सेटमा हराए । प्रदीप र प्रणवको जोडीले उपाधिका लागि ऋतिक राना र निशान श्रेष्ठको जोडीसँग खेल्ने छन् ।

ऋतिक र निशानको जोडीले सेमिफाइनलमा केशव गौचन र सौरभ पन्तको जोडीलाई ६-१, ६-१ को नतिजामा निराश पारेका थिए ।

३५ वर्षमाथिको पुरुष युगलमा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले राजु क्षेत्री र इश्वर जिसीको जोडीलाई ६-२, ६-२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । फाइनलमा कमल र यज्ञको जोडीले सन्तोष खत्री र सिमान्त गुरुङको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् । निरेश श्रेष्ठ र विजयमान तुलाधरको जोडी रिटायर्ड हर्ट भएपछि खत्री र गुरुङको जोडीले सहजै फाइनलयात्रा गरेको थियो ।

आठ वर्षमुनिको छात्रामासारा पन्त र थिया श्रेष्ठले फाइनलमा भिडन्त पक्का गरेकी छिन् । साराले सेमिफाइनलमा निम्ति कुवर र थियाले प्रकृति ज्ञवालीलाई हराए ।

त्यस्तै १० वर्षमुनिको छात्रमा सुजन कुइकेल र युभेनमन श्रेष्ठले फाइनलमा स्थान पक्का गर्दा छात्रामा मेरिषा थापा र साल्भी शेरचनले फाइनलमा स्थान सुरक्षित गरे ।

यसैगरी १२ वर्षमुनिको छात्रामा स्वस्तिका बिष्ट र सिभाली गुरुङ फाइनल प्रवेश गर्दा आठ वर्षमुनिको छात्रतर्फ आर्यशराज पौडेल, अरित मल्ल, भिदान्त चालिसे र सभ्यजंग कार्कीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । छात्रको ९ वर्षमुनितर्फ अरित मल्ल, सुजन कुइकेल, अर्याशराज पौडेल र विश्वविशेष डल्लाकोटीले अन्तिम चारमा स्थान सुरक्षित गरे ।

छात्रातर्फ ९ वर्षमुनिको प्रतिस्पर्धामा सर्भाना गुरुङ, जेनिसा ज्ञवाली, सारा पन्त र अनुश्री धोजु, १४ वर्ष मुनि सुनीरा थापा, नाला मास्के, सिभाली गुरुङ र स्वस्तिका बिष्ट तथा छात्रको १२ वर्षमुनि उमेर समूहमा असभसम्राट हाडा, स्पन्दन उदास, अद्रित नेपाल र बृजेश अर्याल तथा १४ वर्षमुनि उमेर समूहमा निशद जोशी, आयुष्मान घले, दर्शिल श्रेष्ठ र बोरिस अधिकारीले अन्तिम चारको यात्रा तय गरेका छन् ।

४५ वर्ष माथिको पुरुष युगलमा कृष्ण घले र महेश श्रेष्ठको जोडी, शिव सेढाई र हिमाल शाहको जोडी, सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी तथा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

५५ वर्षमाथि पुरुष युगलमा जीवन घिमिरे र सुदर्शन विष्टको जोडी, हिमाल शाह र जोली तार्गेनको जोडी तथा निरन्जन कुमार श्रेष्ठ र राम रानाको जोडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा महिला/पुरुष एकल विजेताले ८० हजार, उपविजेताले ४० र तेस्रो हुनेले २० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

महिला/पुरुष युगलको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार, पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार, २० हजार र १० हजार, पुरुष ३५ वर्षमाथि युगलका शीर्ष तीनले २५ हजार,१ ५ हजार र ५ हजार, पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार, ४५ वर्षमाथि युगलका विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार तथा ५५ वर्षमाथिका एकल विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउने छन् ।

यसैगरी ५५ वर्षमाथि युगलको विजेताले १५ हजार, उपविजेताले ८ हजार र ५ हजार तथा ६५ वर्षमाथिका शीर्ष विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउने बताइएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।