माघ १७, २०८२ शनिबार | २२:१३:५४
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

प्रदीप र सलोनी च्याम्पियन

काठमाडौं । प्रदीप खड्का र सलोनी तामाङको जोडी आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा च्याम्पियन बनेका छन् ।

शुक्रबार प्रदीप र सलोनीको जोडीले प्रणव खनाल र अभिलाषा विष्टको जोडीलाई ७–६, ६–३ को सोझो सेटमा पराजित गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवारलाई ६–३, ६–४ को सीधा सेटमा हराउदै चन्द्र शाही पहिलो भए ।

५५ वर्षमाथि पुरुष डबल्समा सुवर्ण धाक्वा र कृष्णराज घलेको जोडीलाई फाइनलमा ७–५, १–६, १०–६ ले पाखा लगाउदै कमल थापा र छ्याम्बा डुन्डुपको जोडी शीर्ष स्थानमा रहे ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रदीप खड्काले प्रणव मानन्धरलाई ७–५, ६–३ तथा प्रणव खनालले सन्तोष खत्रीलाई ६–१, ६–२ ले पन्छ्याउदै फाइनलमा पुगे ।

महिला सिंगल्समा सलोनी तामाङले सर्वानी श्रेष्ठलाई ६–१, ६–४ र अभिलाषा विष्टले इशाश्री शाहलाई ६–२, ६–४ को सेटमा निराश पार्दै स्वर्ण भिडन्त पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले दावा शेर्पालाई ६–३, ४–६, १०–४ र जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६–२, ६–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।

६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले विदुर विष्टलाई ४–२, ४–१ तथा दीपक श्रेष्ठले भरत रायमाझीलाई ४–१, ४–१ ले हराउदै फाइनलमा स्थान पक्का गरे ।

५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङले प्रदीपबहादुर शाहलाई ६–२, ६–२ र निरञ्जनकुमार श्रेष्ठले ध्रुवबहादुर गुरुङलाई ६–४, ६–१ को सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घलेको जोडीले राजु क्षेत्री र हेमराज ढकालको जोडीलाई ६–३, ६–१ यज्ञबहादुर भण्डारी र रोहित सुनुवारको जोडीले शिवप्रसाद सेढाईं र विभु कायश्थको जोडीलाई ६–१, ६–३ को सेटमा पराजित गरी फाइनलमा स्थान बनाए ।

३५ वर्षमाथि पुरुष डबल्समा कमल भण्डारी र सुमित मैनालीको जोडीले राजु क्षेत्री र ईश्वर जिसीको जोडीलाई ७–५, ५–७, १०–७ तथा दावा शेर्पा र जितेन्द्र परियारको जोडीले अनिल साइ र समिर शेरचनको जोडीलाई ६–३, ६–१ को सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।