चैत्र ११, २०८२ बुधबार | १०:२८:३१
पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित

प्रदीप र सलोनी च्याम्पियन

काठमाडौं । प्रदीप खड्का र सलोनी तामाङको जोडी आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा च्याम्पियन बनेका छन् ।

शुक्रबार प्रदीप र सलोनीको जोडीले प्रणव खनाल र अभिलाषा विष्टको जोडीलाई ७–६, ६–३ को सोझो सेटमा पराजित गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवारलाई ६–३, ६–४ को सीधा सेटमा हराउदै चन्द्र शाही पहिलो भए ।

५५ वर्षमाथि पुरुष डबल्समा सुवर्ण धाक्वा र कृष्णराज घलेको जोडीलाई फाइनलमा ७–५, १–६, १०–६ ले पाखा लगाउदै कमल थापा र छ्याम्बा डुन्डुपको जोडी शीर्ष स्थानमा रहे ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रदीप खड्काले प्रणव मानन्धरलाई ७–५, ६–३ तथा प्रणव खनालले सन्तोष खत्रीलाई ६–१, ६–२ ले पन्छ्याउदै फाइनलमा पुगे ।

महिला सिंगल्समा सलोनी तामाङले सर्वानी श्रेष्ठलाई ६–१, ६–४ र अभिलाषा विष्टले इशाश्री शाहलाई ६–२, ६–४ को सेटमा निराश पार्दै स्वर्ण भिडन्त पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले दावा शेर्पालाई ६–३, ४–६, १०–४ र जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६–२, ६–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।

६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले विदुर विष्टलाई ४–२, ४–१ तथा दीपक श्रेष्ठले भरत रायमाझीलाई ४–१, ४–१ ले हराउदै फाइनलमा स्थान पक्का गरे ।

५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङले प्रदीपबहादुर शाहलाई ६–२, ६–२ र निरञ्जनकुमार श्रेष्ठले ध्रुवबहादुर गुरुङलाई ६–४, ६–१ को सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घलेको जोडीले राजु क्षेत्री र हेमराज ढकालको जोडीलाई ६–३, ६–१ यज्ञबहादुर भण्डारी र रोहित सुनुवारको जोडीले शिवप्रसाद सेढाईं र विभु कायश्थको जोडीलाई ६–१, ६–३ को सेटमा पराजित गरी फाइनलमा स्थान बनाए ।

३५ वर्षमाथि पुरुष डबल्समा कमल भण्डारी र सुमित मैनालीको जोडीले राजु क्षेत्री र ईश्वर जिसीको जोडीलाई ७–५, ५–७, १०–७ तथा दावा शेर्पा र जितेन्द्र परियारको जोडीले अनिल साइ र समिर शेरचनको जोडीलाई ६–३, ६–१ को सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो