मेलबर्न । निक किर्गियोसलाई ७–६ (७–१) ६–४ ४–६ ६–२ को नतिजामा पराजित गर्दै विश्व नम्बर दुई ड्यानियल मेड्भेडेभ अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेका छन् । बिहीबार मेलबर्न पार्कका भएको खेलको सुरुआती दुई सेट जितेका मेड्भेडेभले तेस्रो सेट गुमाएका थिए ।
यद्यपि, चौथो सेटमा जित निकाल्दै गत सिजनका उपविजेता मेड्भेडेभ तेस्रो चरणमा पुगेका हुन् । गत वर्ष फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचसँग पराजित भएका मेड्भेडेभ लगातार चौथो पटक तेस्रो चरणमा पुगेका हुन् ।
गत सिजन युएस ओपनको फाइनलसम्म पुगेका मेड्भेडेभले फ्रेन्च ओपनमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका थिए । २६ वर्षे अस्ट्रेलियन खेलाडी किर्गियोस सन् २०१५ मा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलसम्म पुगेका थिए ।
मेड्भेडेभले विश्व वरियताको ५७औं स्थानका बोटिक भान डी जान्डस्क्लुपसँग खेल्ने छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
