चैत्र १२, २०८२ बिहीबार | १९:५२:२०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

१०औं राष्ट्रिय खेलकुदको छनोटमा गण्डकीबाट १६ टेनिस खेलाडी

पोखरा । समान आठ पुरुष तथा महिला गरी १६ खेलाडीले पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय टेनिस छनोट प्रतियोगिताबाट १०औं राष्ट्रिय खेलकुदको छनोट चरणमा स्थान पक्का गरेका छन् ।

खराब मौसमका कारण पुरष सिंगलतर्फको फाइनल खेल सम्भव नभएपछि आइटीएफ नियम अनुसार प्रदीप खड्का र नेहाल जंगबहादुर थापालाई विजेता घोषणा गरियो । उनीहरूलाई २२ हजार ५०० रुपैयाँ प्रदान गरियो । तेश्रो स्थान हाँसिल गरेका शास्वत बज्रचार्य र अनिल साइले जनही ३ हजार ७५० रुपैयाँ प्राप्त गरे ।

नेहालले अनिल शाहीलाई ६-३,६-१ ले तथा प्रदीपले शाश्वत बज्राचार्यलाई ६-१, ६-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

यता महिला सिंगल्सतर्फ प्रिती बराल पहिलो भइन् । उनले १५ हजार रुपैयाँ प्राप्त गरिन् । त्यस्तै दोस्रो स्थान हासिल गरेकी आरुषी शेरचनले ७ हजार ५००  तथा तेस्रो स्थानमा रहेका आहना शेरचन र ग्रिष्मा गुरुङले ३ हजार ७५० रुपैयाँ प्राप्त गरेका छन् ।

पुरुष डबल्सतर्फ प्रदिप खड्का र अनिल शाहीको जोडी पहिलो भएको छ ।  उनीहरूले निहाल जंगबहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गरेका थिए । विजेताले  २० हजार तथा उपविजेताले १० हजार रुपैयाँ पाए ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना, गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापन तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताबाट पुरुषतर्फ प्रदीप, नेहाला, अनिल, शाश्वत, दर्शिल, विवेक गर्बुजा, निर्मल मगर र श्रृजन भट्टराईले १०औं राष्ट्रिय खेलकुदको छनोटमा स्थान पक्का गरेका छन् ।

यसैगरी महिलातर्फ प्रिति बराल, आरुषी तुलाचन, गृष्मा गुरुङ, आहना शेरचन, सरिसा शेरचन, जोया गुरुङ, एन्जिला गुरुङ र सुप्रिया गुरुङ छनोट भएका छन् ।

विजेलाई प्रदेश खेलकुदका सदस्य केशव पाठक, गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थ, उपाध्यक्ष द्वय लोकबहादुर गुरुङ र विष्णुबहादुर थापा, महासचिब नविन चालिसे, कास्की टेनिसका सचिव एवं प्रतियोगिता निर्देशक नविन श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा महिलातर्फ आठ र पुरुषतर्फ १६ गरी २४ खेलाडीको सहभागिता थियो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो