माघ १७, २०८२ शनिबार | १०:२६:३०
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

१०औं राष्ट्रिय खेलकुदको छनोटमा गण्डकीबाट १६ टेनिस खेलाडी

पोखरा । समान आठ पुरुष तथा महिला गरी १६ खेलाडीले पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय टेनिस छनोट प्रतियोगिताबाट १०औं राष्ट्रिय खेलकुदको छनोट चरणमा स्थान पक्का गरेका छन् ।

खराब मौसमका कारण पुरष सिंगलतर्फको फाइनल खेल सम्भव नभएपछि आइटीएफ नियम अनुसार प्रदीप खड्का र नेहाल जंगबहादुर थापालाई विजेता घोषणा गरियो । उनीहरूलाई २२ हजार ५०० रुपैयाँ प्रदान गरियो । तेश्रो स्थान हाँसिल गरेका शास्वत बज्रचार्य र अनिल साइले जनही ३ हजार ७५० रुपैयाँ प्राप्त गरे ।

नेहालले अनिल शाहीलाई ६-३,६-१ ले तथा प्रदीपले शाश्वत बज्राचार्यलाई ६-१, ६-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

यता महिला सिंगल्सतर्फ प्रिती बराल पहिलो भइन् । उनले १५ हजार रुपैयाँ प्राप्त गरिन् । त्यस्तै दोस्रो स्थान हासिल गरेकी आरुषी शेरचनले ७ हजार ५००  तथा तेस्रो स्थानमा रहेका आहना शेरचन र ग्रिष्मा गुरुङले ३ हजार ७५० रुपैयाँ प्राप्त गरेका छन् ।

पुरुष डबल्सतर्फ प्रदिप खड्का र अनिल शाहीको जोडी पहिलो भएको छ ।  उनीहरूले निहाल जंगबहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गरेका थिए । विजेताले  २० हजार तथा उपविजेताले १० हजार रुपैयाँ पाए ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना, गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापन तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताबाट पुरुषतर्फ प्रदीप, नेहाला, अनिल, शाश्वत, दर्शिल, विवेक गर्बुजा, निर्मल मगर र श्रृजन भट्टराईले १०औं राष्ट्रिय खेलकुदको छनोटमा स्थान पक्का गरेका छन् ।

यसैगरी महिलातर्फ प्रिति बराल, आरुषी तुलाचन, गृष्मा गुरुङ, आहना शेरचन, सरिसा शेरचन, जोया गुरुङ, एन्जिला गुरुङ र सुप्रिया गुरुङ छनोट भएका छन् ।

विजेलाई प्रदेश खेलकुदका सदस्य केशव पाठक, गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थ, उपाध्यक्ष द्वय लोकबहादुर गुरुङ र विष्णुबहादुर थापा, महासचिब नविन चालिसे, कास्की टेनिसका सचिव एवं प्रतियोगिता निर्देशक नविन श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा महिलातर्फ आठ र पुरुषतर्फ १६ गरी २४ खेलाडीको सहभागिता थियो ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।