चैत्र १७, २०८२ मंगलबार | ००:५९:१९
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

एसियन वरियता टेनिस : छात्र युगलको फाइनलमा दुवै नेपाली जोडी

काठमाडौं । १४ वर्ष मुनीको एसियन वरियता टेनिस प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ युगलको फाइनल पुग्ने जोडीको टुंगो लागेको छ ।

छात्र युगलको सेमिफाइनलमा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीले नेपालका बोरिस अधिकारी र निसाद जोशीको जोडीलाई ७-६ (४), ४-६, १०-४ हराउँदा दुई नेपाली जोडीबीच भएको प्रतिस्पर्धामा सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठले श्लोककेशर खड्का र पाकिस्तानका अमिर मुहम्मद खान मजारीको जोडीलाई ६-३, ६-२ को सेटमा हराए ।

छात्रा युगलको सेमिफाइनलअन्तर्गत मंगलबार भएका दुवै खेलमा नेपाली जोडीहरुबीच प्रतिस्पर्धा भएको थियो । समृद्धि महर्जन र आध्या पौडेलको जोडीले शिभाली गुरुङ र प्राज्ना मानन्धरको जोडीलाई ६-१, ६-४ तथा सर्किट एकका च्याम्पियन सुनिरा थापा र प्रशंसा मोक्तानको जोडीले कृषा अधिकारी र अमेरिकाकी नाला जोस्फिन मास्केको जोडीलाई ६-०, ६-१ को सोझो सेटमा हराउदै उपाधि भिडन्त पक्का गरे ।

यसैगरी छात्र एकलको क्वार्टरफाइनलमा जित हासिल गर्दै पाकिस्तानका अमिर मुहम्मद खान मजारी, सर्किट एकका विजेता नेपाली खेलाडी सक्षमविक्रम शाह, नेपालकै दर्शिल श्रेष्ठ र भारतका सिद्धार्थ जिबुले आ-आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । 

यही स्पर्धाको छात्रातर्फ सर्किट एककी विजेता नेपाली खेलाडी सुनिरा थापा, आध्या पौडेल, प्रशंसा मोक्तान र अमेरिकाकी नाला जोस्फिन मास्केले क्वार्टरफाइनलका प्रतिस्पर्धामा सफलता हासिल गर्दै अन्तिम चारको यात्रा पक्का गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो