काठमाडौं,नेपालका सक्षमविक्रम शाह र सुनिरा थापाले काठमाडौं÷एसियन यु-१४ ¥याङकिङ टेनिसप्रतियोगिताअन्तर्गत सर्किट– १ को सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६-२,६-१ को सोझो सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान हजुर घले तेश्रो भए ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा सुनिराले नेपालकी प्रशंसा मोक्तानलाई ६-१ ,६-२ को सेटमा हराइन । नेपालकी शिभाली गुरुङ तथा इभा अधिकारीले तेश्रो भए ।
त्यसअघि ब्वाइज डबल्समा नेपालका सक्षमविक्रम शाह र आयुशमान हजुर घले तथा गल्र्समा डबल्समा सुनिरा थापा र प्रशंसा मोक्तानको जोडी च्याम्पियन भएको थियो ।
विजेता खेलाडीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, उपाध्यक्ष केशवराज पाण्डे र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगिताअन्तर्गत सर्किट-२ का खेलहरु सोमबारदेखि सुरु हुनेछ ।