माघ १५, २०८२ बिहीबार | ११:०२:४२
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

वीर गणेशमान सिंह राष्ट्रिय टेनिसः प्रदीप र अभिलाषा च्याम्पियन

काठमाडौं । प्रदीप खड्का र अभिलाषा विष्टले तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको एकलतर्फ च्याम्पियन बनेका छन् ।

शनिबार सम्पन्न प्रतियोगितामा प्रदीप पुरुष तथा अभिलाषा महिलमा च्याम्पियन बनेका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा प्रदीपले ऋतिक राणालाई ७-५, ४-६, ६-३ को सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा अभिलाषाले प्रकृति श्रेष्ठलाई ६-०,६-० ले हराइन् ।

दुवैतर्फका विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गरे ।

प्रदीप र अभिलाषाले युगलमा पनि स्वर्ण जिते । प्रदीपले निहालजंगबहादुर थापा तथा अभिलाषाले माहिका राणासँग मिलेर स्वर्ण हात पारेका हुन् ।

भेट्रान ३५ वर्षमाथि पुरुष एकलमामा पूर्वराष्ट्रिय च्याम्पियन जितेन्द्र परियार पहिलो भए । उनले फाइनलमा कमलबहादुर भण्डारीको चुनौती ६-२,१-६, १०-८ ले स्तब्ध बनाए । जितेन्द्रले ५० हजार तथा कमलले २५ हजार रुपैयाँ पाए ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्धारा संयुक्त आयोजित प्रतियोगिता सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

यसअघि भेट्रान ३५ वर्षमाथि पुरुष युगलमा सुभाष बस्नेत र सन्तोष खत्री च्याम्पियन बने । ४५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठ तथा युगलमामा रोहित सुनुवार र यज्ञबहादुर भण्डारीले स्वर्ण जिते ।

५५ वर्षमाथि पुरुष एकलमा विमलकुमार गुरुङ, पुरुष युगलमा सुदर्शन विष्ट र जीवन घिमिरे तथा ६५ वर्षमाथि पुरुष एकलमा कमल थापा पहिलो भए ।

जुनियरमा शिभाली गुरुङ, विश्वविशेष डल्लाकोटी, सरा पन्त र वृजेश अर्यालले दोहोरे स्वर्ण जित्न सफल भए ।

शिभालीले यु-१२ र यु-१४ गर्ल्स सिंगल्समा स्वर्ण जितिन् । विश्वले यु-१० र यु-१२ ब्वाइज सिंगल्समा च्याम्पियन बने। सरा यु-९ र यु-१० गर्ल्स सिंगल्समा पहिलो भइन् । यु-१४ ब्वाइज सिंगल्समा स्वर्ण जितेका वृजेशले डबल्समा साश्वत वज्राचार्यसँग मिलेर  स्वर्ण हात पारे।

त्यस्तै यु-८ सिंगल्सको ब्वाइजमा भिरल अग्रवाल र गर्ल्समा निम्ति कुँवर, यु-९ ब्वाइज सिंगल्समा निश्चल ज्ञवाली तथा गर्ल्स डबल्समा स्वस्तिका विष्ट र मेरिशा थापाले शीर्ष स्थान हात पारे ।

विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, प्रतियोगिता संयोजक भाष्करमान सिंह, नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, तार्केश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जन, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुल, आयोजक कमिटीका अध्यक्ष सन्जिव तुलाधरलगायतले पुरस्कार वितरण गरे ।

आठ दिने प्रतियोगितामा करिब २ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जुनियरमा बाहेक सबै स्पर्धमा नगद पुरस्कारको व्यवस्था थियो । जम्मा ९ लाख ४ हजार ३ सय ७५ रुपैयाँ नगद पुरस्कार वितरण गरियो ।

जुनियरका पदक विजेतालाई भने गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।