चैत्र ६, २०८२ शुक्रबार | ०१:२०:०२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

वीर गणेशमान सिंह राष्ट्रिय टेनिसः प्रदीप र अभिलाषा च्याम्पियन

काठमाडौं । प्रदीप खड्का र अभिलाषा विष्टले तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको एकलतर्फ च्याम्पियन बनेका छन् ।

शनिबार सम्पन्न प्रतियोगितामा प्रदीप पुरुष तथा अभिलाषा महिलमा च्याम्पियन बनेका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा प्रदीपले ऋतिक राणालाई ७-५, ४-६, ६-३ को सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा अभिलाषाले प्रकृति श्रेष्ठलाई ६-०,६-० ले हराइन् ।

दुवैतर्फका विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गरे ।

प्रदीप र अभिलाषाले युगलमा पनि स्वर्ण जिते । प्रदीपले निहालजंगबहादुर थापा तथा अभिलाषाले माहिका राणासँग मिलेर स्वर्ण हात पारेका हुन् ।

भेट्रान ३५ वर्षमाथि पुरुष एकलमामा पूर्वराष्ट्रिय च्याम्पियन जितेन्द्र परियार पहिलो भए । उनले फाइनलमा कमलबहादुर भण्डारीको चुनौती ६-२,१-६, १०-८ ले स्तब्ध बनाए । जितेन्द्रले ५० हजार तथा कमलले २५ हजार रुपैयाँ पाए ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्धारा संयुक्त आयोजित प्रतियोगिता सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

यसअघि भेट्रान ३५ वर्षमाथि पुरुष युगलमा सुभाष बस्नेत र सन्तोष खत्री च्याम्पियन बने । ४५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठ तथा युगलमामा रोहित सुनुवार र यज्ञबहादुर भण्डारीले स्वर्ण जिते ।

५५ वर्षमाथि पुरुष एकलमा विमलकुमार गुरुङ, पुरुष युगलमा सुदर्शन विष्ट र जीवन घिमिरे तथा ६५ वर्षमाथि पुरुष एकलमा कमल थापा पहिलो भए ।

जुनियरमा शिभाली गुरुङ, विश्वविशेष डल्लाकोटी, सरा पन्त र वृजेश अर्यालले दोहोरे स्वर्ण जित्न सफल भए ।

शिभालीले यु-१२ र यु-१४ गर्ल्स सिंगल्समा स्वर्ण जितिन् । विश्वले यु-१० र यु-१२ ब्वाइज सिंगल्समा च्याम्पियन बने। सरा यु-९ र यु-१० गर्ल्स सिंगल्समा पहिलो भइन् । यु-१४ ब्वाइज सिंगल्समा स्वर्ण जितेका वृजेशले डबल्समा साश्वत वज्राचार्यसँग मिलेर  स्वर्ण हात पारे।

त्यस्तै यु-८ सिंगल्सको ब्वाइजमा भिरल अग्रवाल र गर्ल्समा निम्ति कुँवर, यु-९ ब्वाइज सिंगल्समा निश्चल ज्ञवाली तथा गर्ल्स डबल्समा स्वस्तिका विष्ट र मेरिशा थापाले शीर्ष स्थान हात पारे ।

विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, प्रतियोगिता संयोजक भाष्करमान सिंह, नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, तार्केश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जन, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुल, आयोजक कमिटीका अध्यक्ष सन्जिव तुलाधरलगायतले पुरस्कार वितरण गरे ।

आठ दिने प्रतियोगितामा करिब २ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जुनियरमा बाहेक सबै स्पर्धमा नगद पुरस्कारको व्यवस्था थियो । जम्मा ९ लाख ४ हजार ३ सय ७५ रुपैयाँ नगद पुरस्कार वितरण गरियो ।

जुनियरका पदक विजेतालाई भने गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो