चैत्र १२, २०८२ बिहीबार | २२:१७:२२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

प्रदीप, निशान, बोरिस र ऋतिक पुरुष सिंगल्सको सेमिफाइनलमा

प्रदीप खड्का, फाइल तस्बिर

काठमाडौं । प्रदीप खड्का, निशान श्रेष्ठ, बोरिस अधिकारी र ऋतिक राणा तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रदीपले निहालजंगबहादुर थापालाई ६-१, ६-७, ६-३, निशानले आशिष खड्कालाई ६-०, ५-७ ,७-५, बोरिसले युगेन शेर्पालाई ६-३, ६-४ तथा ऋतिकले आयुशमान घलेलाई ६-१, ६-४ को सेटमा पराजित गरे ।

महिला सिंगल्समा रायना शाहले प्रशंसा मोक्तानलाई ६-१, ६-१, गंगा शर्माले दिभ्ना कार्कीलाई ६-०, ६-० तथा आद्या पौडेलले समृद्धि महर्जनलाई ६-३, ६-१ को सोझो सेटमा हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्धारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा प्रवेश पन्त, साम्दुप लामा, सिमान्त गुरुङ, सन्तोष खत्री, भीमबहादुर थापा मगर, अनिल साइ, जितेन्द्र परियार र कमलबहादुर भण्डारी क्वार्टरफाइनलमा प्रवेश गरे।

४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, विमलकुमार गुरुङ, मानबहादुर कटुवाल र महेश श्रेष्ठले क्वाटरफाइनल यात्रा तय गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ, सुशील पाण्डे, कमल थापा र जीवन घिमिरेले सेमिफाइनलमा स्थान बनाए ।

५५ वर्षमाथि पुरुष डबल्समा सुवर्ण धाक्वा र कृष्णराज घले तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले उपाधि भिडन्त पक्का गरे । ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुव गुरुङ र मनोजशमशेर जंगबहादुर राणा सेमिफाइनलमा प्रवेश गरे ।

जुनियर 

यु-८ ब्वाइज सिंगल्समा भिरल अग्रवालले रिधन श्रेष्ठलाई १०-३, १०-८ तथा जिवश भट्टराईले साहंस बस्नेतलाई १०-७, १०-३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरे ।

सो स्पर्धाको गर्ल्समा निम्ति कुँवरले इरिस श्रेष्ठलाई १०-८, १०-३ तथा तभिसी राणाले येशी पाख्रिन तामाङलाई सीधा सेटमा १०-५, १०-८ ले हराउदै स्वर्ण भिडन्त पक्का गरे ।

यु-१२ ब्वाइज सिंगल्समा स्पन्दन उदासले सांज्ञ रोकालाई ६-३, ६-३ तथा विश्वविशेष डल्लाकोटीले अर्याशराज पौडेललाई ६-३, ६-४ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाए ।

यु-९ ब्वाइज सिंगल्समा सभ्यजंग कार्की र निश्चल ज्ञवाली सेमिफाइनलमा पुगे । उक्त स्पर्धाको गर्ल्समा  सरा पन्त, जिवाश्री भट्टराई, निम्ति कुँवर र थिअ श्रेष्ठले सेमिफाइनलमा स्थान पक्का गरे । 

यु-१० ब्वाइज सिंगल्समा विश्वविशेष डल्लाकोटी, अर्याशराज पौडेल र निश्चल ज्ञवाली सेमिफाइनलमा पुग्न सफल भए ।

उक्त स्पर्धाको गर्ल्समा सरा पन्त, स्वरह थापा, अनुश्री धोजु र जेनिशा ज्ञवालीले सेमिफाइनल यात्रा तय गरे ।

यु-१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारी, निशाद जोशी, दर्शिल श्रेष्ठ र वृजेश अर्यालले सेमिफाइनलमा स्थान बनाए । सोही स्पर्धाको गर्ल्समा  शिभाली गुरुङ, प्राज्ना मानन्धर, कर्मिस्था श्रेष्ठ र स्वस्तिका विष्टले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो