माघ १८, २०८२ आइतबार | ११:१४:५७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

प्रदीप, निशान, बोरिस र ऋतिक पुरुष सिंगल्सको सेमिफाइनलमा

प्रदीप खड्का, फाइल तस्बिर

काठमाडौं । प्रदीप खड्का, निशान श्रेष्ठ, बोरिस अधिकारी र ऋतिक राणा तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रदीपले निहालजंगबहादुर थापालाई ६-१, ६-७, ६-३, निशानले आशिष खड्कालाई ६-०, ५-७ ,७-५, बोरिसले युगेन शेर्पालाई ६-३, ६-४ तथा ऋतिकले आयुशमान घलेलाई ६-१, ६-४ को सेटमा पराजित गरे ।

महिला सिंगल्समा रायना शाहले प्रशंसा मोक्तानलाई ६-१, ६-१, गंगा शर्माले दिभ्ना कार्कीलाई ६-०, ६-० तथा आद्या पौडेलले समृद्धि महर्जनलाई ६-३, ६-१ को सोझो सेटमा हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्धारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा प्रवेश पन्त, साम्दुप लामा, सिमान्त गुरुङ, सन्तोष खत्री, भीमबहादुर थापा मगर, अनिल साइ, जितेन्द्र परियार र कमलबहादुर भण्डारी क्वार्टरफाइनलमा प्रवेश गरे।

४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, विमलकुमार गुरुङ, मानबहादुर कटुवाल र महेश श्रेष्ठले क्वाटरफाइनल यात्रा तय गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ, सुशील पाण्डे, कमल थापा र जीवन घिमिरेले सेमिफाइनलमा स्थान बनाए ।

५५ वर्षमाथि पुरुष डबल्समा सुवर्ण धाक्वा र कृष्णराज घले तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले उपाधि भिडन्त पक्का गरे । ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुव गुरुङ र मनोजशमशेर जंगबहादुर राणा सेमिफाइनलमा प्रवेश गरे ।

जुनियर 

यु-८ ब्वाइज सिंगल्समा भिरल अग्रवालले रिधन श्रेष्ठलाई १०-३, १०-८ तथा जिवश भट्टराईले साहंस बस्नेतलाई १०-७, १०-३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरे ।

सो स्पर्धाको गर्ल्समा निम्ति कुँवरले इरिस श्रेष्ठलाई १०-८, १०-३ तथा तभिसी राणाले येशी पाख्रिन तामाङलाई सीधा सेटमा १०-५, १०-८ ले हराउदै स्वर्ण भिडन्त पक्का गरे ।

यु-१२ ब्वाइज सिंगल्समा स्पन्दन उदासले सांज्ञ रोकालाई ६-३, ६-३ तथा विश्वविशेष डल्लाकोटीले अर्याशराज पौडेललाई ६-३, ६-४ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाए ।

यु-९ ब्वाइज सिंगल्समा सभ्यजंग कार्की र निश्चल ज्ञवाली सेमिफाइनलमा पुगे । उक्त स्पर्धाको गर्ल्समा  सरा पन्त, जिवाश्री भट्टराई, निम्ति कुँवर र थिअ श्रेष्ठले सेमिफाइनलमा स्थान पक्का गरे । 

यु-१० ब्वाइज सिंगल्समा विश्वविशेष डल्लाकोटी, अर्याशराज पौडेल र निश्चल ज्ञवाली सेमिफाइनलमा पुग्न सफल भए ।

उक्त स्पर्धाको गर्ल्समा सरा पन्त, स्वरह थापा, अनुश्री धोजु र जेनिशा ज्ञवालीले सेमिफाइनल यात्रा तय गरे ।

यु-१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारी, निशाद जोशी, दर्शिल श्रेष्ठ र वृजेश अर्यालले सेमिफाइनलमा स्थान बनाए । सोही स्पर्धाको गर्ल्समा  शिभाली गुरुङ, प्राज्ना मानन्धर, कर्मिस्था श्रेष्ठ र स्वस्तिका विष्टले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।