माघ १८, २०८२ आइतबार | १२:५२:०८
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

बिली जिन किङ कपः नेपाल पराजित

काठमाडौं । नेपाली महिला टेनिस टोली बिली जिन किङ कपअन्तर्गत एसिया÷ओसिएना ग्रुप ३ को प्रतियोगितामा शुक्रबार पराजित भएको छ ।

समूह ‘सी’ को अन्तिम खेलमा नेपाल कतारसँग २-१ ले पराजित भएको हो । यसअघि समूह चरणको पहिलो र दोश्रो खेलमा नेपालले क्रमशः ताजकिस्तान र ब्रुनाइलाई समान ३-० ले हराएको थियो ।

पहिलो सिंगल्समा नेपालकी माहिका राणाले अल मुदाखा हिन्दलाई ६-०, ६-७ (४), ६-३ को सेटमा पराजित गर्दै नेपाललाई १-० को अग्रता दिलाइन् । दोश्रो सिंगल्समा कतारकी अल नाइमी मुबारकाले अभिलाषा विष्टलाई ७-५, ६-२ ले हराउदै खेललाई १-१ को बराबरीमा ल्याइन् ।

निर्णायक डबल्समा कतारका अल नाइमी र गसामा खदिजाको जोडीले अभिलाषा र माहिकाको जोडीलाई ६-०, ६-४ को सोझो सेटमा हराउँदै खेल २-१ ले जिते ।

नेपालले शनिबार पाँचौं देखि छैटौं स्थानका लागि भियतनामसँग खेल्ने नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।