माघ १६, २०८२ शुक्रबार | २२:३७:४१
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

एसियाली खेलकुदः लन टेनिसमा नेपालको यात्रा समाप्त

सांकेतिक तस्बिर

काठमाडाैं ।  चीनकाे हाङझाउमा जारी  १९ औं  एसियाली खेलकुदको लन टेनिसमा नेपालको यात्रामा पूर्णविराम लागेको छ । मंगलबार  मिक्स डबल्समा नेपालका प्रणव खनाल र सुनिरा थापाको जोडी पराजित भएसँगै नेपालको चुनौती समाप्त भएको हो ।

हाङझाउ ओलम्पिक स्पोर्टस सेन्टरमा भएको दोश्रो चरणको खेलमा फिलिपिन्सका अलेक्स इला र क्यासे अल्कन्ताराको जोडीले प्रणव र सुनिराको जोडीलाई ६-० र ६-० को सोझो सेटमा पराजित गरे ।

पुरुष टिम इभेन्टमा पनि नेपालले भारतसँग २-० को सोझो सेटमा पराजय ब्यहोरेको थियो । आइतबार सम्पन्न खेलमा प्रदिप खड्का र अभिषेक बास्तोलाको जोडी साइ साकेथ माइनिन र राजकुमार रामनाथनको जोडीसँग ६-२ र ६-३ ले स्तब्ध बनेको हो ।

यसैगरी पुरुष एकलतर्फ ४६ मिनेटसम्म चलेको खेलमा प्रदिपले टिमोरे लिस्टेका एन्टोनी मेन्डिसलाई दुवै सेटमा समान ६(० ले पराजित गरेका थिए । तर उनको यात्रा दोस्रो चरणबाट अगाडि बढ्न सकेन ।

सोमबार भएको खेलमा प्रदिप जापानका सिन्तोरो मोचिजुकीसँग ७-५ र ६-१ को सोझो सेटमा पराजित भए ।

पुरुष सिंगल्समै हङकङका कोलम्यान वोङ चक लामले नेपालका अभिषेक बाँस्तोलालाई पहिलो चरणमा ६-२ र ६-० को सोझो सेटमा हराए ।

मिक्स डबल्समा इन्डोनेसियाका अल्डिला सुत्जिदा र बेन्जामिन क्रिस्टोफरको जोडीले नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडीलाई ६-० र ६-० को सोझो सेटमा पराजित गरे ।

महिला डबल्समा अभिलाषा विष्ट र माहिका राणाको जोडीको यात्रामा पनि पूर्णविराम लाग्यो ।  दक्षिण कोरियाका डायियोन ब्याक र बोयोङ जियोङको जोडीले अभिलाषा र माहिकाको जोडीलाई ६-१ र ६-० ले निरास बनाए ।

महिला एकलतर्फ आइतबार नेपालका दुवै खेलाडीले हार ब्यहोरेका थिए । ५० मिनेटसम्म चलेको खेलमा माहिका राना दक्षिण कोरियाकी सोयुन पार्कसँग ६-० र ६-१ ले पराजित भइन् ।

३४ मिनेटसम्म कोर्टमा टिकेकी अभिलाषा विष्टले थाइ खेलाडी मनञ्चाय सवाङकाइवसँग दुवै सेटमा समान ६-० को हार ब्यहोरिन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।