चैत्र १७, २०८२ मंगलबार | २१:१४:५७
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

एसियाली खेलकुदः लन टेनिसमा नेपालको यात्रा समाप्त

सांकेतिक तस्बिर

काठमाडाैं ।  चीनकाे हाङझाउमा जारी  १९ औं  एसियाली खेलकुदको लन टेनिसमा नेपालको यात्रामा पूर्णविराम लागेको छ । मंगलबार  मिक्स डबल्समा नेपालका प्रणव खनाल र सुनिरा थापाको जोडी पराजित भएसँगै नेपालको चुनौती समाप्त भएको हो ।

हाङझाउ ओलम्पिक स्पोर्टस सेन्टरमा भएको दोश्रो चरणको खेलमा फिलिपिन्सका अलेक्स इला र क्यासे अल्कन्ताराको जोडीले प्रणव र सुनिराको जोडीलाई ६-० र ६-० को सोझो सेटमा पराजित गरे ।

पुरुष टिम इभेन्टमा पनि नेपालले भारतसँग २-० को सोझो सेटमा पराजय ब्यहोरेको थियो । आइतबार सम्पन्न खेलमा प्रदिप खड्का र अभिषेक बास्तोलाको जोडी साइ साकेथ माइनिन र राजकुमार रामनाथनको जोडीसँग ६-२ र ६-३ ले स्तब्ध बनेको हो ।

यसैगरी पुरुष एकलतर्फ ४६ मिनेटसम्म चलेको खेलमा प्रदिपले टिमोरे लिस्टेका एन्टोनी मेन्डिसलाई दुवै सेटमा समान ६(० ले पराजित गरेका थिए । तर उनको यात्रा दोस्रो चरणबाट अगाडि बढ्न सकेन ।

सोमबार भएको खेलमा प्रदिप जापानका सिन्तोरो मोचिजुकीसँग ७-५ र ६-१ को सोझो सेटमा पराजित भए ।

पुरुष सिंगल्समै हङकङका कोलम्यान वोङ चक लामले नेपालका अभिषेक बाँस्तोलालाई पहिलो चरणमा ६-२ र ६-० को सोझो सेटमा हराए ।

मिक्स डबल्समा इन्डोनेसियाका अल्डिला सुत्जिदा र बेन्जामिन क्रिस्टोफरको जोडीले नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडीलाई ६-० र ६-० को सोझो सेटमा पराजित गरे ।

महिला डबल्समा अभिलाषा विष्ट र माहिका राणाको जोडीको यात्रामा पनि पूर्णविराम लाग्यो ।  दक्षिण कोरियाका डायियोन ब्याक र बोयोङ जियोङको जोडीले अभिलाषा र माहिकाको जोडीलाई ६-१ र ६-० ले निरास बनाए ।

महिला एकलतर्फ आइतबार नेपालका दुवै खेलाडीले हार ब्यहोरेका थिए । ५० मिनेटसम्म चलेको खेलमा माहिका राना दक्षिण कोरियाकी सोयुन पार्कसँग ६-० र ६-१ ले पराजित भइन् ।

३४ मिनेटसम्म कोर्टमा टिकेकी अभिलाषा विष्टले थाइ खेलाडी मनञ्चाय सवाङकाइवसँग दुवै सेटमा समान ६-० को हार ब्यहोरिन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो