माघ १७, २०८२ शनिबार | ०३:४५:५३
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

अभिषेक र अभिलाषा च्याम्पियन

काठमाडौं । अभिषेक बाँस्तोला र अभिलाषा विष्ट प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको सिंगल्सतर्फ च्याम्पियन बनेका छन् ।  

अभिषेक पुरुष तथा अभिलाषा महिलातर्फ च्याम्पियन बनेका हुन् ।  

राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा शनिबारअभिषेकले प्रदीप खड्कालाई १-६, ६-१ र ७-६ को सेटमा पराजित गरे । प्रणव खनाल र आर्यन गिरीले तेस्रो स्थान हासिल गरे ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा थापालाई ६-३ र ६-२ को सोझो सेटमा हराइन् । प्रकृति श्रेष्ठ र आइशा डोल्कर गुरुङ तेश्रो भए ।

दुवैतर्फका विजेताले एक लाख, उपविजेताले ५० हजार तथा तेश्रो हुनेल १२ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

   नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री च्याम्पियन बने । उनले फाइनलमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारलाई  ७-५ र ६-४ को सोझो सेटमा हराए ।

सन्तोषले ६० हजार तथा जितेन्द्रले ३० हजार तथा तेश्रो भएका कमलबहादुर अधिकारी र दावा सोनाम शेर्पाले समान १० हजार रुपैयाँ पाए ।

विजेतालाई पूर्व उप प्रधानमन्त्री कमल थापा, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुल, आयोजक एकेडेमीका अध्यक्ष रविन प्रधान र प्रमुख कार्यकारी अधिकृत सिमान्त गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नेपाली टेनिसकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा खुला, भेट्रान र जुनियर गरी २४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्पर्धाका पदक विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । 

कुल पुरस्कार राशी १४ लाख ८५ हजार रुपैयाँ थियो । असार २७ गतेदेखि सुरु प्रतियोगितामा दुई सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।