चैत्र १६, २०८२ सोमबार | २३:२७:३७
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

अभिषेक र अभिलाषा च्याम्पियन

काठमाडौं । अभिषेक बाँस्तोला र अभिलाषा विष्ट प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको सिंगल्सतर्फ च्याम्पियन बनेका छन् ।  

अभिषेक पुरुष तथा अभिलाषा महिलातर्फ च्याम्पियन बनेका हुन् ।  

राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा शनिबारअभिषेकले प्रदीप खड्कालाई १-६, ६-१ र ७-६ को सेटमा पराजित गरे । प्रणव खनाल र आर्यन गिरीले तेस्रो स्थान हासिल गरे ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा थापालाई ६-३ र ६-२ को सोझो सेटमा हराइन् । प्रकृति श्रेष्ठ र आइशा डोल्कर गुरुङ तेश्रो भए ।

दुवैतर्फका विजेताले एक लाख, उपविजेताले ५० हजार तथा तेश्रो हुनेल १२ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

   नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री च्याम्पियन बने । उनले फाइनलमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारलाई  ७-५ र ६-४ को सोझो सेटमा हराए ।

सन्तोषले ६० हजार तथा जितेन्द्रले ३० हजार तथा तेश्रो भएका कमलबहादुर अधिकारी र दावा सोनाम शेर्पाले समान १० हजार रुपैयाँ पाए ।

विजेतालाई पूर्व उप प्रधानमन्त्री कमल थापा, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुल, आयोजक एकेडेमीका अध्यक्ष रविन प्रधान र प्रमुख कार्यकारी अधिकृत सिमान्त गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नेपाली टेनिसकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा खुला, भेट्रान र जुनियर गरी २४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्पर्धाका पदक विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । 

कुल पुरस्कार राशी १४ लाख ८५ हजार रुपैयाँ थियो । असार २७ गतेदेखि सुरु प्रतियोगितामा दुई सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो