वैशाख २६, २०८२ शुक्रबार | ०९:१७:५७
म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा

प्रशिक्षक नेगीलाई छैटौं डान

कविराज नेगी लामा (दायाँ) लाई प्रमाण पत्र प्रदान गर्दै दीपराज गुरुङ

काठमाडौं । राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले तेक्वान्दो मुख्यालय कुक्किवनबाट छैटौं डानको प्रमाण पत्र प्राप्त गरेका छन् ।

नेगीलाई नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले मंगलबार कुक्किवनबाट प्राप्त छैटौं डानको प्रमाण पत्र  हस्तान्तरण गरे ।

छैटौं डान प्राप्त गर्न नेपाल तेक्वान्दो संघबाट छैटौं डानको ग्रेडिङमा उत्तिर्ण गरेको हुनुपर्ने, पुम्से तथा स्पारिङ्गको भिडियो पठाउनु पर्ने र कुनै विषयमा थेसिस लेखेर हेडक्वाटर कुक्किवन कोरियामा पठाउनु पर्ने हुन्छ ।

‘पारा तेक्वान्दो इन नेपाल’ विषयमा थेसिस लेखेर पठाएको नेगीले जनाएका छन् ।

नेगीले सन् २०१५ देखि नेपाली राष्ट्रिय पारा तेक्वान्दो टोली सम्हाल्दै आएका छन् । टोकियो २०२० पारा ओलम्पिकमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले दुई फाइट जितेर इतिहास रच्दा नेगी प्रशिक्षकका रुपमा टोकियो गएका थिए ।

बहराइनमा भएको एसियन युथ पारा गेम्स-२०२१ मा नेपालले पारा तेक्वान्दोमा समान एक समान एकस्वर्ण, रजत र कास्य पदक जित्दा पनि नेगी टोली प्रशिक्षक थिए । नेगीको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय पारा तेक्वान्दो अन्तर्गत आठौं विश्व च्याम्पियनसिप-२०१९ टर्कीमा एक कास्य, साउदी अरवियामा भएको रियाद २०२२ वर्ल्ड ग्रान्ड प्रिक्स फाइनल जि-१० प्रतियोगितामा सिर्जना घिसिङले विश्व वरीयतामा रहेका टर्की, मेक्सिको र ब्राजिलका खेलाडीलाई पराजय गरेर एतिहासिक स्वर्ण जितेकी थिइन्।

पलेशा गोर्वधन २०१५ तथा सिर्जना घिसिङ २०१९ देखि आफूसँग प्रशिक्षण गर्दै आईरहेको नेगीले जानकारी गराए । नेगीका अनुसार हाल पलेशा गोर्वधन र सिर्जना घिसिङ विश्व वरीयताको सातौं स्थानमा छन् ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP