चैत्र ११, २०८२ बुधबार | १७:५७:२४
सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली

विकासलाई आज थप दुई स्वर्ण

काठमाडौं । नेपाल पौडी संघद्वारा आयोजना गरिएको २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा प्रदेश १ का विकास कुमालले आज दोश्रो दिन थप दुई स्वर्ण प्राप्त गर्न सफल  भएका छन् । कुमालले हिजो पहिलो दिनको खेलमा दुई स्वर्ण पदक जितेका थिए ।

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राखी आयोजना गरिएको प्रतियोगिताको दोश्रो दिन कुमालले २०० मिटर ब्यक्तिगत मिड्लेमा २ मिनेट २२.३७ सेकेन्ड र २०० मिटर ब्रेष्टस्ट्रोकमा २ मिनेट ३३.५३ सेकेन्ड समयका साथ दुई स्वर्ण जितेका हुन् । मिड्लेमा बागमतीका सेरेन सिंहले रजत र अल्भिन महर्जनले कांस्य पाए । यस्तै ब्रेष्टस्ट्रोकमा प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कांस्य पाए ।

५० मिटर ब्याकस्ट्रोकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङले २९.१० सेकेन्ड समयका साथ स्वर्ण जिते । सेनाका अनुभव सुब्बाले रजत र पुलिसका गौरव लामाले कांस्य पाए । १०० मिटर फ्रिस्टायलमा पुलिसका सुविज्ञ मान तुलाधरले ५६.२० सेकेन्ड समयमा साथ स्वार्ण हात पार्दा बागमतीका ईरभिन श्रेष्ठ र सेरेन सिंहले क्रमश रजत र कांस्य पाए ।

१०० मिटर ब्याकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङले आफ्नो तथा क्लबका लागि दोश्रो स्वर्ण जिते । उनले १ मिनेट ४.४५ सेकेन्ड समयका साथ दूरी पूरा गरे । प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र एपिएफका जेडेन श्रेष्ठले कांस्य पाए । ५० मिटर फ्रिस्टायलमा सेनाका अनुभव सुब्बाले २५.७६ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । बागमतीका अल्भिन महर्जन र इरभिन श्रेष्ठले क्रमशः रजत र कांस्य पाए ।

महिला ५० मिटर ब्याकमा पुलिसकी आर्या महर्जनले ३५.१९ सेकेन्डका साथ स्वर्ण हात पार्दा प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र पुलिसकै समिरा शोभा थापाले कांस्य पाए । २०० मिटर ब्रेष्टमा सेनाकी उपास्ती महर्जनले ३ मिनेट ७.७८ सेकेन्डका साथ स्वर्ण हासिल गरिन् । दोश्रो स्थानमा एपिएफकी भैनभी श्रेष्ठ र तेश्रो स्थानमा पुलिसकी सारसी खड्काले कांस्य पाइन् । १०० मिटर फ्रिमा सेनाकी अनुशिया तण्डुकारले १ मिनेट १.८५ सेकेन्ड समयका साथ स्वर्ण जित्दा बामतीकी रोशा न्यौपानेले रजत र पुलिसकी समिरा शोभा थापाले कांस्य पाईन् । १०० मिटर ब्याकमा पुलिसकी आर्या महर्जन, समिरा शोभा थापा र सारसी खड्काले स्वर्ण र रजत पाए । आर्याले उक्त दूरी १ मिनेट १७.५९ सेकेन्डका साथ स्वर्ण जितेकी हुन् । ५० मिटर फ्रिस्टायलमा सेनाकी अनुशिया तण्डुरले २८.८८ सेकेन्डका साथ स्वर्ण जित्दा बागमतीका रोशा न्यौपाने र टिशा महर्जनले रजत र कांस्य पाए ।

२०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबले १ मिनेट ४३.५७ सेकेन्ड समयका साथ स्वर्ण जित्यो । यस्तै बागमती प्रदेशले रजत र एपिएफले कांस्य जित्यो ।

विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं पर्यटन, संस्कृती तथा नागरिक उड्यनमन्त्री जीवन राम श्रेष्ठ, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, उपाध्यक्ष ज्योती राणा, महासचिव निलेन्द्र राज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो