चैत्र १३, २०८२ शुक्रबार | १०:२०:५७
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

उर्जावान सरितालाई पारा स्पोर्टस अनर

काठमाडौं । फुटबल, ह्विलचियर वास्केटबल, पौडी, पावर लिफ्टिङकी खेलाडी सरिता थुलुङ मंगलबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पारा स्पोर्ट्स अनरबाट सम्मानित भएकी छिन् ।

तीन वर्षको उमेरमा पोलियो भएपछि एउटा खुट्टा गुमाएकी सुनसरीकी सरिताले त्यसका बावजुद अथक संघर्ष गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरिन ।

पारा फुटबलबाट खेलकुद करियर सुरु गरेकी सरिताले ह्विलचियर वास्केटबल, पौडी, पावर लिफ्टिङमा पनि आफूलाई प्रमाणित गरिसकेकी छिन् । त्यसैले राष्ट्रिय स्तरमा यी सबै खेलमा सहभागिता जनाएको कुनै पनि प्रतिस्पर्धामा उनी दोस्रो हुनु परेको छैन ।

लन्डनमा भएको विश्व पारा च्याम्पियसिप र सिंगापुरमा भएको पारा प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरेकी सरिता ‘खेलमा उर्जा छ, जीवन वदल्ने क्षमता छ’ भन्ने मान्यता राख्छिन ।  

ह्विल चियरमा फनफनी नाचेर उनले कैयन् पारा खेलाडीहरुमा उर्जा भरेकी छिन् ।

गतवर्ष टोकियो पारा ओलम्पिकमा छानिए पनि पदाधिकारीको गम्भिर त्रुटीका कारण उनी खेल्न बाट वञ्चित भएकी थिइन् । एउटा खेलाडीको लागी यो ठूलो चोट थियो । तर ३८ वर्षिया यी खेलाडी अझै पनि हरेश नखाएको बताउछिन् ।

‘दुखी बनेर समय खेर फाल्नै हुन्न । जबसम्म हामीले आफैलाई विश्वास गर्दैनौं, हारको शुरुआत त्यहिँबाटै हुन्छ,’ उनी भन्छिन् ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पारा स्पोर्टस अनरको सम्मानसँगै सरिताले नगद ५० हजार रुपैयाँ पुरस्कार पाएकी छिन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो