माघ ४, २०८२ आइतबार | ०९:५२:५०
नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ?

५० मिटर बटरफ्लाइमा अजलको राष्ट्रिय कीर्तिमान

सांकेतिक तस्बिर

काठमाडौं ।  स्वस्तीश्री गुरुकुलका अजल काजी ताम्राकारले २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा बुधबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । 

अजलले ५० मिटर बटरफ्लाइको हिट चरणमा २५.७७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् । 

अजलले सैयद हम्जा शाहले १३ औं दक्षिण एसियाली खेलकुदमा छोटो दुरी (२५ मिटर पुल) मा कायम गरेको २६.५६ सेकेन्डको कीर्तिमान तोडे । 
। 

प्रतियोगिता सातदोवाटोस्थित २५ मिटर वातातानुकुलित पौडी पोखरीमा संचालन भएको हो । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा भने अजलले २५.९२ सेकेन्डका साथ स्वर्ण जिते । स्वस्तीश्री गुरुकुलका तेन्जिन नामडोल रायन गुरुङले रजत र इरभिन श्रेष्ठले कांस्य पदक हात पारे ।

 प्रतियोगिताको महिला २ सय मिटर मा स्वस्तीश्रीकी अनुसिया तन्डुकारले २ मिनट २२.९० सेकेन्डका साथ स्वर्ण जित्दा आर्या महर्जनले रजत र निसर्ग बाटिकाकी राभ्या श्रेष्ठले कांस्य पदक प्राप्त गरिन् ।

पुरुषको १ सय  मिटर बटरफ्लाइमा स्वस्तीश्रीका तेन्जिन नामडोल रायन गुरुङ्गले १ मिनट ००.५३ सेकेन्ड समय निकाल्दै स्वर्ण जिते । अशिम भण्डारीले रजत र निसर्गका अभिभ प्रधानले कांस्य  पदक पाए ।
महिला ५० मिटर ब्रेस्ट स्ट्रोकमा अदिप्सा बैद्यले ३६.५१ सेकेन्डका साथ स्वर्ण जितिन् । यस्तै सियर सुभाङ्गी बजगाईले रजत र निसर्गकी बैनभी श्रेष्ठले कास्य पदक हात पारे ।  

पुरुषको १ सय मिटर फ्रिस्टायलमा स्वस्तीश्रीका अजल काजी ताम्राकारले ५५.०५ सेकेन्ड मादुरी पुरा गर्दै स्वर्ण जिते । इरभिन श्रेष्ठले रजत र स्वस्तीश्रीका सेरेन सिंहले कांंस्य पदक प्राप्त गरे । 

महिला १ सय मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले १ मिनट १८.१२ सेकेन्डका साथ स्वर्ण जित्दा निसर्ग बाटिकाका राभ्या श्रेष्ठ र सारसी खड्काले क्रमस रजत र कांँस्य पदक हात पारे ।


महिला १ सय  मिटर ब्रेस्ट स्ट्रोकमा अदिप्सा बैद्यले १ मिनट २०.१४ सेकेन्डका साथ स्वर्ण जितिन् । निसर्ग बाटिकाका बैनभी श्रेष्ठ र राभ्या श्रेष्ठले रजत र कांस्य पदक हासिल गरे ।

पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा अनुभव सुब्बाले २९.५८ सेकेन्डको समय निकाल्दै स्वर्ण जिते । निसर्गका जाडेन श्रेष्ठ र युभन लाल श्रेष्ठले रजत र कांस्य पदक पाए ।

५० मिटर फ्रिस्टायलको महिलातर्फ टिसा महर्जनले २९.४५ सेकेन्डका साथ स्वर्ण, रोशा न्यौपानले रजत र मेगन गुरुङ्गले कांस्य पदक प्राप्त गरे ।

प्रतियोगितामा ५१ पदकका लागि १ सय ४९ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate