चैत्र १७, २०८२ मंगलबार | ११:४४:२५
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

५० मिटर बटरफ्लाइमा अजलको राष्ट्रिय कीर्तिमान

सांकेतिक तस्बिर

काठमाडौं ।  स्वस्तीश्री गुरुकुलका अजल काजी ताम्राकारले २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा बुधबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । 

अजलले ५० मिटर बटरफ्लाइको हिट चरणमा २५.७७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् । 

अजलले सैयद हम्जा शाहले १३ औं दक्षिण एसियाली खेलकुदमा छोटो दुरी (२५ मिटर पुल) मा कायम गरेको २६.५६ सेकेन्डको कीर्तिमान तोडे । 
। 

प्रतियोगिता सातदोवाटोस्थित २५ मिटर वातातानुकुलित पौडी पोखरीमा संचालन भएको हो । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा भने अजलले २५.९२ सेकेन्डका साथ स्वर्ण जिते । स्वस्तीश्री गुरुकुलका तेन्जिन नामडोल रायन गुरुङले रजत र इरभिन श्रेष्ठले कांस्य पदक हात पारे ।

 प्रतियोगिताको महिला २ सय मिटर मा स्वस्तीश्रीकी अनुसिया तन्डुकारले २ मिनट २२.९० सेकेन्डका साथ स्वर्ण जित्दा आर्या महर्जनले रजत र निसर्ग बाटिकाकी राभ्या श्रेष्ठले कांस्य पदक प्राप्त गरिन् ।

पुरुषको १ सय  मिटर बटरफ्लाइमा स्वस्तीश्रीका तेन्जिन नामडोल रायन गुरुङ्गले १ मिनट ००.५३ सेकेन्ड समय निकाल्दै स्वर्ण जिते । अशिम भण्डारीले रजत र निसर्गका अभिभ प्रधानले कांस्य  पदक पाए ।
महिला ५० मिटर ब्रेस्ट स्ट्रोकमा अदिप्सा बैद्यले ३६.५१ सेकेन्डका साथ स्वर्ण जितिन् । यस्तै सियर सुभाङ्गी बजगाईले रजत र निसर्गकी बैनभी श्रेष्ठले कास्य पदक हात पारे ।  

पुरुषको १ सय मिटर फ्रिस्टायलमा स्वस्तीश्रीका अजल काजी ताम्राकारले ५५.०५ सेकेन्ड मादुरी पुरा गर्दै स्वर्ण जिते । इरभिन श्रेष्ठले रजत र स्वस्तीश्रीका सेरेन सिंहले कांंस्य पदक प्राप्त गरे । 

महिला १ सय मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले १ मिनट १८.१२ सेकेन्डका साथ स्वर्ण जित्दा निसर्ग बाटिकाका राभ्या श्रेष्ठ र सारसी खड्काले क्रमस रजत र कांँस्य पदक हात पारे ।


महिला १ सय  मिटर ब्रेस्ट स्ट्रोकमा अदिप्सा बैद्यले १ मिनट २०.१४ सेकेन्डका साथ स्वर्ण जितिन् । निसर्ग बाटिकाका बैनभी श्रेष्ठ र राभ्या श्रेष्ठले रजत र कांस्य पदक हासिल गरे ।

पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा अनुभव सुब्बाले २९.५८ सेकेन्डको समय निकाल्दै स्वर्ण जिते । निसर्गका जाडेन श्रेष्ठ र युभन लाल श्रेष्ठले रजत र कांस्य पदक पाए ।

५० मिटर फ्रिस्टायलको महिलातर्फ टिसा महर्जनले २९.४५ सेकेन्डका साथ स्वर्ण, रोशा न्यौपानले रजत र मेगन गुरुङ्गले कांस्य पदक प्राप्त गरे ।

प्रतियोगितामा ५१ पदकका लागि १ सय ४९ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो