१९ औं एसियाली खेलकुद

एसियाली खेलकुदः पाैडीका नासिर र डुवाना हिट चरणबाटै बाहिरिए

नासिर हुसेन

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको पौडीमा बुधबार नेपालका नासिरयाहा हुसेन  र डुवाना लामा हिट चरणबाटै बाहिरिएका छन् ।

पुरुष २ सय मिटर फ्रिस्टायलको हिट-२ मा प्रस्तिपर्धा गरेका नासिर सातौं स्थानमा रहे । ८ खेलाडी सहभागी यो हिटमा नासिरले २ मिनेट १४ सेकेन्डको समय निकाले ।

उज्वेकिस्तानका इगोर पिटरकोभले १ मिनेट ५२ सकेन्डका साथ शीर्ष स्थान कब्जा गरे ।

यसैगरी महिला १ सय मिटर ब्रेस्टस्ट्रोकको हित-१ मा डुवाना अन्तिम स्थानमा रहिन् । ८ खेलाडी रहेको यो स्पर्धामा निर्धारित दुरी पार गर्न डुवानाले १ मिनेट २०.१५ सकेन्ड लगाइन् ।

चीनकी चेङ्ग याङ्ग १ मिनेट ७.६६ सेकेन्डको समयसहित शीर्ष स्थानमा रहिन् ।

यसअघि डुवाना २ सय मिटर फ्रि-स्टाइल तथा अनुशिया तेन्डुकार १ सय मिटर फ्रि-स्टाइलमा हिट चरणबाटै बाहिरिएका थिए ।