वैशाख ३०, २०८२ मंगलबार | १९:३१:०४
काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल

इचङुनारायण र ब्रह्मास्मी च्याम्पियन

काठमाडौं । प्रथम सरस्वती कप सिनियर तथा जुनियर कराते प्रतियोगितामा इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुल च्याम्पियन बनेका  छन्। इचङुनारायण सिनियर तथा  ब्रह्मास्मी जुनियरतर्फ च्याम्पियन बनेका हुन् ।

नेपाल वादोरियो कराते सरस्वती डोजोको आयोजनामा माघ १३ र १४ गते भएको  प्रतियोगितामा  इचङुले दुई स्वर्ण दुई रजत र पाँच कास्य पदक जित्न सफल भयो ।

दोस्रो भएको च्याम्पियन मार्सल आर्ट एकेडेमीले दुई स्वर्ण एक रजत र चीन कास्य हात पारेको थियो । तेस्रो भएको मनमैजु डोजोले दुई स्वर्ण एक रजत र तीन कास्य जित्यो । आयोजक सरस्वती डोजोले भने एक स्वर्ण पाँच रजत र पाँच कास्यमा चित्त बुझायो ।

प्रतियोगितामा कुल १४ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धा भएको थियो ।

ब्रहमास्मीले ६ स्वर्ण ६ रजत र सात कास्य हात पार्दा पाँच स्वर्ण दुई रजत र एक कास्य पदक सहित पाँचपोखरी स्कुल दोस्रो बन्यो । त्यसैगरी तीन स्वर्ण पाँच रजत र आठ कास्य जितेको योङहार्ट स्कुल तेस्रो बन्यो ।

दुई दिन चलेको प्रतियोगिताको उदघाट्न प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले गरेका थिए । विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, वडा अध्यक्ष नारायण सुवेदी, नेपाल कराते महासंघका महासचिव हरिशरण केसी लगाएतले वितरण गरेका थिए । 

प्रतियोगितामा विभिन्न जिल्लाबाट २५ वटा स्कुल तथा डोजोका तीन सय ५० खेलाडीले सहभागिता जनाएका थिए । सिनियर इभेन्ट्मा प्रथम हुनेलाई २५ हजार, १५ हजार र १० हजार रुपैयाँ  पुरस्कार प्रदान गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक समेत रहेका सरस्वती डोजोका प्रमुख प्रशिक्षक पुरुषोत्तम पोखरेलले जानकारी दिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP